Menu


.


एकजना कोरियन नागरिकले आकाशमा उडिरहेको बेला जहाजभित्रै आत्महत्या गरेका छन ।

पुलिस श्रोतका अनुसार अगष्ट नौ तारिख चीनको ग्वान्झाउ बाट उडेको विमान कोरियाको इन्छें अन्तर्राष्ट्रिय विमान स्थलमा उत्रने क्रममा यांग नाम गरेका ४३ बर्षिय कोरियन नागरिकले आत्म हत्या गरेका हुन् । कर्मचारीले उनलाई विमान अवतरण पश्चात विमानको शौचालयमामा बेल्टको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला पारेका थिए ।

घटना घटेको विमानको निरीक्षण पश्चात प्रहरी अधिकारीहरुले यांगको हत्या भएको हुन सक्ने कुनै सम्भावना नरहेको र त्यस्तो कुनै प्रमाण फेला नपरेको बताए । थप अनुसन्धान जारी रहेको जनाउदै प्रहरी अधिकारीले भने - यद्यपि उनले कुनै सुसाइड नोट भने लेखेको फेला परेको छैन ।

0 comments:

Post a Comment

 
Top