Menu


.


यही सेप्टेम्बर २ गते शुक्रबार साँझ इजरायलको तेल अभिभस्थित हा हागना १३५ बेत बार्बर हलमा "शायद" चलचित्रको प्रिमियर शो संगै इजरायलमा रेकर्ड गरिएको पहिलो नेपाली सांगीतिक एल्बम "पर्खाइमा" को पनि विमोचन गरिने भएको छ ।

ओम प्रसाई द्वारा प्रस्तुत सो गीति एल्वममा लोक, आधुनिक र पप सबै प्रकारका गरी कुल ७ वटा गीत रहेका छन । "पर्खाइमा"का गीतहरु रोशन लामा र रुपेन्द्र वैद्यले एरेन्ज गर्नु भएको हो । रोशन लामाको एउटा गीत बाहेक सम्पूर्ण गीतहरुमा ओम प्रसाईले स्वर दिएका छन । पर्खाइमा का गीतहरु तेल अभिभको रामत हा शरोन स्थित जिनियस - A रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएका हुन् ।



0 comments:

Post a Comment

 
Top