Menu


.

मैले यदि सत्यको पक्ष लिएँ भने म नेपालको विभीषण कहलाउँछु नेपाल आमाको कुपुत्र कहलाउँछु । मैले यदि ढाँटीन भने म देशको कलँक बन्नेछु म आफ्ना देशका शहीदहरुको नजरमा नीच सावित हुनेछु । मैले यदि देखेको भनेँ भने म सम्पुर्ण नेपाली समाजबाट तिरस्कृत हुनेछु आफ्ना मान्यजनबाट श्रापित हुनेछु । मैले आदर्श भन्दा यथार्थलाइ अँगालेँ भने म आफ्नो नेपाली हुनुको पहिचान गुमाउनेछु सगरमाथाबाट आफ्नो अधिकार मेटाउने छु । मैले जस्तो वर्तमान समय छ त्यहि सोँचे भने म पशुपतिनाथको कृपादृष्टीबाट बिाचत हुनेछु नेपालको नुन सोझो नगरेको सावित हुनेछु । मैले यदि साँचो बोले भने शायद नेपालका झरनाले मेरा प्यास मेटाउनेछैनन् किनकि मैले यदि साँचो बोलेँ भने भारतको सपोर्टर हुन्छु भारतीय विस्तारवादको एउटा दुत हुन्छु तर म भन्न चाहन्छु खोक्रो आदर्शमा मैले मलाइ खाँटी नेपाली भन्न भन्दा आफुलाइ जन्मेको नेपाल आमाबाट र भारत माताको कोखमा हुर्केको व्यक्ति भन्न रुचाउँछु ।

मैले आफुलाइ नेपाली ४० प्रतिशत र भारतीय ६० प्रतिशत भनाउनुमा मलाइ खेद छ तर म विवश छु बाध्य छु यी शब्दहरु दिमागमा ल्याउनासाथ म तराजु झैँ हुन्छु आफुलाइ एउटा गहिरो अनिर्णयमा पाउँछु र फाइनली यो निष्कर्शमा पुग्छु म मा म शत प्रतिशत नेपाली भनाउन लाएकको के छ र

नेपालमा हर हमेशा यो बुद्ध कहाँ जन्मेको भन्ने कुरा चर्चामा आइरहन्छ । भारतले भारतमा बुद्ध जन्मेको भन्नासाथ हामी आगो हुन्छौँ भारतीय राजदुतावास अगाडी धर्ना दिन्छौँ र नेपाल बन्दको आयोजना गरेर दुई चार वटा गाडी जलाउँछौँ अनि बीस पचिस वटा गाडीको शिसा फोरीदिन्छौ । के यति गर्नाले प्रमाणित हुन्छ बुद्ध नेपालमै जन्मेको हो । अनि अर्को कुरा प्रमाणित भै हाले पनि हामी के सावित गर्न चाहँदैछौँ शान्तिका अग्रदुत गौतम बुद्धले हामीलाइ िहंसा गर्न सिकाए । धु्रव सत्य हो गौतम बुद्ध नेपालमा जन्मेका हुन् विश्व जान्दछ यो कुरा भारतले भारतमा जन्मेका हुन् भन्दैमा कसैले पत्यउँदैन यदि पत्याइहाले पनि हामीले के नै पो गरेका छौँ र यो देशमा जसले यो प्रमाणित गरोस कि हामी त्यो देशका उपज हौँ जहाँ गौतम बुद्ध जन्मेका थिए । मलाइ बुद्ध नेपालमा जन्मेको भन्नासाथ कवि शिरोमणि लेखनाथ पौड्यालको कविता याद आउँछ ूकौडीमा पनि मिल्कन्छ भिल्लका देशमा मणिू । बुद्ध नामको मणिको प्रकाश जहाँ जहाँ फैलियो जस जसको जीवनमा फैलियो त्यहाँ त्यहाँ मानिसको जीवन सुगन्धित भयो । हामीले आफ्नो ट्रयास क्यानमा फालेको त्यो मणिले हाम्रो जीवनमा के औचित्य राख्छ र म भनौँ त्यो मणि मेरो अधिकार क्षेत्रको हो । ओ के म मानि पनि हालौँला त्यो मेरो अधिकार क्षेत्रको हो यदि यो माने भने मैले यो पनि मान्न पर्छ कि म पागल हुँ किनकि मात्र पागलले यौटा मणि ट्रयास क्यानमा फाल्न सक्छ ।

बुद्धकै सन्दर्भमा यौटा अर्को नेपालको जवाफ भारतलाइ भनेर फेसबुकमा यौटा नेपाली भाइले पोस्ट गरेका थिए ूयदि बुद्ध भारतमा जन्मेको भए महात्मा गान्धिले नेपालमा पानीपुरी बेच्दथ्योू । यो पोस्ट लाइक गर्नेमा लगभग ५०० भन्दा बढी थिए तर मैले डिस्लाइक गरेँ र डिस्लाइकमा चेक लगाउने सिस्टम फेसबुकमा रहेनछ । शायद यहि भएर फेसबुक सुपरहिट भएको होला किनकि यसमा लाइक मात्र हुन्छ । त्यो पोष्ट सामान्य आक्रोश हो यसलाइ कुनै ठुलो इस्यु बनाउनु पर्ने कारण केहि थिएन तर त्यसलाइ विश्लेषण गर्न मन लाग्यो मलाइ र मेरा विश्लेशणका केहि निश्कर्ष १ यदि नेपालमा गान्धिले पानीपुरी बेचेको भए गौतम बुद्ध भारत कै उपज हुन्थे । २ महात्मा गान्धिले नेपालमा पानीपुरी नबेचेकाले गौतम बुद्ध नेपालमैँ जन्मेका हुन् र गौतम बुद्ध जस्ता अवतार यस नेपालमा अवतरीत हुनुमा गान्धिको पानीपुरीको महत्वपूर्ण हात छ । ३ हामीले त्यो विश्वमा ज्ञान फैलाउन सक्षम गौतम बुद्धको तुलना भारतमा मात्र सफल रहेको गान्धिसँग गर्दैछौँ । ४ निसंदेह गौतम बुद्ध भगवान हुन् जससँग गान्धिको तुलना गरेर हामी गान्धिलाइ पनि भगवान बनाउँदैछौँ । यी त भए मेरा विश्लेषण जुन शायदै कसैलाइ मन पर्ला…। यो विश्लेषण मलाइ पनि मन परिरहेको छैन तर यो भन्दा अरु कुनै बुँदा मैले भेटाउनै सकिन । हामीलाइ प्रकाश चाहिएको हो । इट्स डजन्ट म्याटर हामी रामबाट प्रकाश चाहन्छौँ या पशुपतिबाट यसले पनि कुनै महत्व राख्दैन हामी बुद्धको ज्ञानबाट प्रकाशित हुन सक्छौँ गान्धिबाट प्रकाशित हुन सक्छौँ नेल्सन मण्डेलाबाट प्रकाशित हुन सक्छौ मदर टेरेसा दयावीर सिँह कंसकार जसको जीवनबाट पनि प्रकाशको आधार पाउनसक्छौँ जसले हामीलाइ सतपथमा हिँड्न प्रेरणा प्रदान गरोस् । व्यक्ति होइन ज्ञान महत्वपूर्ण हुन्छ तर हामी बुद्धका ज्ञान भन्दा उनीमा बढी आकर्षीत छौँ उनी मरेर गइसके उनले जे गर्नु थियो त्यो गरिसके अब हामीले गर्नुपर्छ भन्ने कुरा जुन दिन हामी बुझ्नेछौँ त्यो दिन यो प्रमाणित गरिरहन पर्दैन बुद्ध नेपालमा जन्मेका हुन् । आफ से आफ यो प्रमाणित हुनेछ किनकि त्यस दिन बुद्ध नेपालका प्रत्येक नेपालीको मनमा जन्मने छन् ।

घटना काठमाण्डौको हो जब चुरे भावर प्रदेश माग गर्दै आन्दोलन र चक्का जामको आयोजना गरिएको थियो । म कलेज गएँ तर बन्द रहेकाले चार पाँच जना साथीसँगै हामीहरु गौशाला हुँदै सिनामंगल आइरहेका थियौ । अचानक गौशाला चोकमा आन्दोलनकारी र हामी आमने सामने भयौँ । हामी दुइको विचमा एउटा तराइ मुलका व्यक्ति साइकलमा टमाटर र तरकारी राखेर हिँडीरहेका थिए । दश वाह्र आन्दोलनकारीले उसको कठालोमा हात समात्ने र गाली गर्न थाले । म र मेरो साथी बद्री यो रोक्नको लागी अगाडी बढ्दै थियाँै जुन हामीभन्दा लगभग ५० मिटर टाढा हुँदैथियो । हामी पहाडीया मुलका भएकाले यसलाइ रोक्न हामीलाइ धेरै गाह्रो त थिएन तर पनि अत्यन्त गाह्रो थियो । हामी त्यहाँ पुग्दा नपुग्दै त्यो मान्छेको साइकल लडाइदिए र उसको टमाटर बन्दा गोभी र फुलगोभी एवं आलु सडकभरी छताछुल्ल भयो र गौशालाका दुइ ओरालाहरु मा बग्न थाल्यो आन्दोलकारीहरु उसको यो दुर्दशामा खुशियाली मनाउँदै अर्कैलाइ सताउन हिँडे । म मेरा साथीहरु ले उसको साइकल उठाएर उसका सामानहरु सकेसम्म बटुलेर राखिदियौँ । यसै विचमा एक दुइ जना आन्दोलनकारी आएर पनि हामीलाइ सघाए । हामीले लगभग उसको २५ प्रतिशत मात्र सामान उठाउन सफल भयौँ तर त्यति उठाएकोमा पनि हामी सन्तुष्ट थियौँ । अन्त्यमा ती दाजु साइकल डोर्याएर हिँड्न थाले त्यस समयमा उनको आँखामा मेरो आँखा जुध्यो उसको आँखा रसाइसकेको थियो मात्र आँशु खस्नबाट रोकिएको थियो । भगवान कसम मलाइ त्यो बेलामा पहाडीया मुलको नेपाली भनाउनमा पनि घृणा लागिरहेको थियो । त्यो दाइले हामी भित्रको पहाडीयालाइ के भन्यो सुनिएन तर हामीलाइ निशब्द खस्नै लागेको आँशु खसालेर श्रद्धा सुमन अर्पण गर्यो । मैले त्यस समयमा यतिमात्र सोँच्न भ्याएँ उसको तरकारी दुइ तिन हजारको थियो होला । हामी सिनामंगल तिर गौशालाको ओरालो लाग्दा देख्यौँ त्यहि आन्दोनकारी र केहि सर्वसाधारणले पनि बाटामा छरीएका तरकारी उठाउँदै झोलामा हाल्दै थिए । थुक्क हामी नेपाली । एक त्यो मान्छे इन्डियन थिएन नेपाली थियो सिरहाको । दोश्रो यदि उ इन्डियनै भएको भए पनि के जुन दुव्र्यवहार उसमाथि गरियो त्यो उचित हो आज तमाम तराइवासीहरुले सडकमा तरकारी बेच्दै नहिँड्नेहो भने कतिलाइ अफिस जान अबेला हुन्छ । तराइ मुलका दाजुहरुले घरका कचराहरु नकिन्दिने बेकारमा कति दिनसम्म घरमै थुपार्नु पर्छ होला हामीलाइ । उनीहरुले आफ्नो फाइदाको लागि किन्छन् यो अलग कुरा हो तर कुनै पहाडीयाले यी सब किन गर्दैन त यी सब कुराहरु भरीया बन्न सक्छ पहाडीया तर फलाम बोरा बोत्तलको नारा लगाएर सडकमा कुद्न सक्दैन उसको इज्जत पखालिन्छ । भोको पेट र खोक्रो आदर्शको जगमा उभिएको हामी पहाडियाको इज्जत ।

मधेशी मुलका नेपालीहरुको पहाडीया मुलप्रति आक्रोशको कारण पनि यहि हो । सरकारले उनीहरुलाइ समान अधिकार दिए पनि सामाजीक रुपमा उनीहरु पहाडीया समाजबाट सधैँ तिरस्कृत रहे । कतिपय अवस्थामा उनीहरु पनि गलत छन् । पहाडियाले दिएको घृणाको जवाफ उनीहरुले घृणाबाट होइन प्रेमबाट दिएको भए जनकपुर सिरहा विरगाजका पहाडीया मुलका नेपालीहरु बसाइ सर्नुपर्ने थिएन । उनीहरुलाइ एक लाख पहाडीयाले नराम्रो व्यवहार गरे भन्दैमा उनीहरुले एक करोड पहाडीयालाइ सताउन चाहनु पक्कै पनि उचित होइन । अनि अर्को र महत्वपूर्ण कुरा आफ्नो घरका दाजुभाइले दुव्र्यवहार गरे भन्दैमा आफ्नै दाजुलाइ जवाफ दिन शत्रुको शरण भारत लिनु पनि पक्कै उचित होइन तर उनीहरुको मानसिक अवस्था विकृत हुनुमा प्रत्यक्ष रुपमा पहाडीया मुलका नेपालीहरुको हात छ । नेपालको सन्दर्भमा मधेशि मुलका भन्दा पहाडीया मुलका नेपालीहरु बुद्धिजीवी छन् र बुद्धिजीवी भनाउँदा पहाडीयाहरुलाई बुद्धिमात्र होइन सद्बुद्धि आओस् र दुइ चिरामा बाँढिएका नेपाली एक बनुन् । गल्ति पहिला पहाडीयाले गरेकाले क्षमा पनि पहिला पहाडियाले नै माग्न पर्छ । अनि मात्र रिसाएका मधेशि दाजुभाइहरु हामीलाइ पनि आफ्नो परिवारको सदस्य मान्नेछन् ।

सुस्ता टनकपुर लगाएत तराइका धेरैजसो भुभागहरु विस्तारै भारतको अधिकार क्षेत्र भित्र जाँदैछ भारत विस्तारीत भएर हाम्रो सिमाना मिच्दैछ । खुन जल्छ मेरो जब एक इन्च पनि मेरो भुभाग कसैले चोरी गर्दछ तर यो साँचो हो कि मैले मेरो घरमा बलीयो ताला नलगाएको हो । प्रत्येक व्यक्ति यहाँसम्म कि म पनि यहि चाहन्छु अरुको धन मेरो होस् भारत पनि यहि चाहन्छ तर मैले सडकमा फालेको वस्तु यदि कसैले उठाएर लान्छ भने उ चोर होइन त्यसरी नै मैले युजलेस भनेर फालेका भूभागहरु यदि भारतले लिन्छ भने उ चोर होइन । भारतीय विस्तारवाद भन्दा बढी नेपाली सँकुचनवादले पीडीत छौँ हामीहरु । भारत एक विशाल नदी हो जसले अवश्य नै किनारा कटान गर्छ दोषि त हामी हौँ जसले आफ्ना किनाराहरु सिमेन्टेड गरिरहेका छैनौँ । नेपाल कमजोर र देश हो यसले आफै आफ्नो रक्षा गर्न सक्दैन र शक्तिशालीहरुले कमजोरको रक्षा गरिदिनुपर्छ भन्ने तर्क प्रस्तुत गर्नेहरु पनि प्रशस्त छन् । भ भन्न चाहन्छु यी भनाइहरु आदर्श हुन् राजनीति होइन र राजनीतिमा आदर्शले कुनै माइने राख्दैन । यदि नेपाल कमजोर छ भने नेपाल बलीको बाख्रा हुनै पर्छ । नेपाललाइ कमजोर मानेर नै हामी सधैँ कमजोरको कमजोर भै रहेका छौँ । कमजोरी सिर्फ शक्तिको हुँदैन वर्तमान परिभाषामा बाहुबलले कुनै अर्थ राख्दैन शक्ति मानसिक हुनुपर्छ । हिनता रहित हुनु पर्छ समय आँउदा कश्मिरमा पाकिस्तानी उभिएझैँ सुस्तामा हामी उभिन पर्छ । दुइ घण्टा नेताको पछाडी लागेर स्थलगत निरीक्षण गरेर फर्कन्छौँ हामीहरु कसले पो त्यहाँ घरको जग गाडेको छ । नेपालको झण्डाको अपमान गरिन्छ त्यहाँ बिहान लगेर गाडिन्छ अनि साँझ पर्दा नपर्दै त्यो झण्डा नजिकैको नालीमा शरणविहीन मैला भएर रोइरहेको हुन्छ ।

आज हामी पूर्ण रुपमा भारतमा डिपेन्डेन्ट छौँ । कुनै दिन भारतबाट डिपेन्डेनता हट्ला त्यो दिन हामी चाइनामा पूर्ण डिपेन्डेन्ट हुन्छौँ । भारतबाट इन्डिपेन्डेन्ट हुने साँेच्नासाथ हामी चाइनामा डिपेन्डेन्ट हुने सोँच्छौँ । त्यो इन्डिपेन्डेन्टले के अर्थ राख्छ र जुन एक मिलीसेकेण्डको पनि हुँदैन । सिमाना बन्द गरेहुन्छ भन्न त भनिन्छ तर भनेको एक घण्टा नबित्दै भारतीय बजारवाट सामान ल्याइन्छ । एकदम निश्चित हो यो एक दिन भारतले सिमाना बन्द गर्यो भने नेपाललाइ एक वर्षसम्म त्यसले असर गर्छ कारण हामी आफ्नो घरको ढिँडो होइन कि सापट मागेको र किनेको बासमति चामल खाने आदि भैसकेका छौँ ।

भारतको विरुद्धमा बेलाबेलामा राजदुतलाइ कालो झण्डा देखाइन्छ तर आफु भित्रको भारतलाइ न कहिले पहिचान गर्ने चेष्टा गरेका छौँ न कालो झण्डा देखाउने नै । भारतले विकास गर्न दिएन अरे । आफ्नो घर बनाउन अरुलाइ सोध्न नै किन पर्यो र हाम्रो घर राम्रो बन्दा त छिमेकीको मन त जल्छ नै तर हामीमा त्यो हिम्मत हुन पर्यो छिमेकीको मन भष्म भएपनि आफ्नो घर बनाउँन सकौँ । घरको लागि इर्ँट कहाँवाट किनौँ भनेर पहिलो सल्लाह नै भारतवाट हामी आफैले लिन्छौँ भने हाम्रो घर छेपारोको कहानी बन्नमा दोषि को भारतले बजेटमा सहायताको भिख दिएन भने अर्थमन्त्रीको कुसर्ी चट हुन्छ हामी मागेर विकास गर्छौँ नै किन केहि वर्ष केहि शताब्दि झुपडीमै बसेर विस्तारै विस्तारै विकासको गोरेटो खोलौँ । जबतक हामी आत्मनिर्भर र आत्मसम्मानका साथ बाँच्ने आधार स्थापित गर्दैनौँ तबसम्म भारतको विरोध आफु बसेको हाँगो काट्नुसिवाय केहि होइन ।

दिनभरी हिन्दी भाषाको विरोध गर्ने हामीहरु त्यहि साँझको नाइट शोमा भर्खरै रिलीज भएको हिन्दी चलचित्रको टिकट लिएर तछाडमछाड गर्दै लाइनमा उभिएका हुन्छौँ भने के अर्थ राख्छ र हाम्रो नेपाल प्रेमले हाम्रो नेपाली प्रेमले ।

योगेन्द्र उपाध्याय "पुष्प"
नवलपरासी नेपाल

0 comments:

Post a Comment

 
Top