Menu


.

नेपाली चलचित्रमा को कस्तो समयमा कसरी प्रवेश गर्छ त्यो भन्न निक्कै गाह्रो हुन्छ । सायद मुस्ताङमा रहेकी दीलकुमारी वाईवाले पनि चलचित्रको नायिका हुन्छु भनेर सोचेकी थिईनन् होला । तर भाग्यको खेला यी मुस्ताङकी युवती आज नेपाली चलचित्रको नायिका भएकी छिन् । त्यो पनि हट दृश्य दिने खालको । उकेश दाहालले निर्देशन गरिरहेको दोश्रो चलचित्र ‘किन किन’मा दीलकुमारी एक हट नायिकाको पहिचान वनाउन लागिरहेकी छिन् । उनको चलचित्र यात्रको कहानी निक्कै रोचक रहेको छ ।

मुस्ताङमा भेडा चराईरहेको समयमा दीलकुमारीलाई वेलायतवाट घुम्न आएका एक युवक पर्यटकले भेट्टाएछन् । ती पर्यटकलाइ दीलकुमारी खुवै मनपरेछ । त्यसपछि ती पर्यटकले दीलकुमारीलाई आफ्नो देश लिएर गए ।

७ वर्ष उनले दीलकुमारीलाई वेलायतमै राखेर मोडलिङ सिकाएका रहेछन् । मोडलिङ सिकेपछि दीलकुमारी वैङकक आईपुगिन् । वैङकमा रहेकी दीलकुमारीलाई उकेशले एक साथीको मार्फत चलचित्रको नायिका वनाएका छन् । चलचित्र ‘किन किन’मा दिलकुमारीको भुमीका निक्कै वोल्ड छ ।



उनले नायक राजेश हमालसँग वेड सिन दिनुपर्नेछ । यसका अलवा थुप्रै टङ किस त चलचित्रका लागि सामान्य जस्तै हो । यतिमात्र होईन चलचित्रमा उनले नेकेट दृश्य समेत दिनुपर्नेछ । यी दृश्यहरुको छायांकन गरिसकिएको निर्देशक उकेशले वताए । मुस्ताङमा भेडा चराउँदै गरेकी दीलकुमारी आज चलचित्र भित्र वोल्ड सिन दिएर एकाएक चर्चामा रहेकी छिन् ।

यो चलचित्रका लागि सुरुमा अरुणिमा लामालाई राख्ने कुरा भएपनि अन्त्यमा दीलकुमारीले नै निर्देशक दाहालको मन जितेकी छिन् । यी नायिकालाई भने निर्माणपक्षले दशैपश्चात मात्र सार्वजनिक गर्ने योजना वुनेको छ ।

हेरौं चलचित्र ‘किन किन’मा दिएको वोल्ड सिनले दीलकुमारीको करिअरलाई कहाँ पुर्‍याउने हो ? दिलकुमारीले दिएको यो दृश्यलाई दर्शकसम्म आईपुग्न सेन्सर वोर्डले रोक्ने हो या होईन, यसका लागि त केही समय कुर्नैपर्छ । हेरौं मुस्ताङकी दीलकुमारीलाई नेपाली दर्शकले कत्तिको पचाउने हुन् ।
अनलाइनखबर

0 comments:

Post a Comment

 
Top