Menu


.

आफ्नो सन्तानप्रति आमाको माया यति हुन्छ की उनले सन्तानलाई तीतोपीरो समेत बोल्दिनन् । तर दक्षिण चीनको चोंगकिंगमा भने एउटी महिलाले आफ्नो छोरालाई २३ वर्षदेखि बन्द कोठामा साङ्लोले बाधेर राखेकी छिन् । साङ्लोमा बाँधिएका ती अभागी छोराको जिउमा एक धर्सो कपडा पनि छैन र भुइँमा ओछ्यानको नाममा पराल समेत छैन ।

वास्तवमा ४० वर्षका टांग जुहुवाको यस्तो अवस्था देख्दा जो कोहीको पनि मन कटक्क खान्छ र झ्वाट्ट हेर्दा उनकी आमा जिआओ आंगरोङ प्रति रिस पनि उठ्ला । तर ७६ वर्षकी जिआओले आफ्नो छोरालाई रहरले नांगै साङ्लोमा बाधेकी होइनन् । मानसिक असन्तुलन भएको छोरालाई सकै हीतका लागि बाँधेर राखेको उनी बताउँछिन् ।



आमा जिआओ छोरालाई नांगै राख्न चाहन्नथिन् तर मानसिक असन्तुलन भएका टांगले सरिरमा कपडा पर्ने बित्तिकै च्याति हाल्छन् र अन्ततः नांगै हुन्छन् । बिचरा आमा छोराको लागि हातमुख जोर्न समेत धौ धौ पर्ने बुढीआमा जिआओसँग छोरालाई सुत्ने बिछ्यौना मात्र होइन पराल किन्ने समेत पैसा छैन । महिनाको जम्मा १७ सय रुपैयाँ पेनसनले के के पुगोस् ?

अरु दुइ सन्तानले छाडेपछि जिआओले मानसिक विरामी छोरा टांगकै देखभाल गरेर दिन बिताइरहेकी छिन् । छोराको कपाल काटिदिने, कोठा सफा गरिदिने, खुवाउने उनको दिनचर्या बनेको छ ।



डाँडापारीको घाम जस्तै बनेकी ७६ वर्षकी जिआओलाई आजभोलि छोराको भविष्यको चिन्ता लाग्छ । आफु मरेपछि छोराको हेरचाह कसले गर्ला भन्ने पिरलो छ उनमा । २३ वर्षसम्म सांग्लोमा बाँधिका टांगका खुट्टाका मांशपेशी लगभग काम नलाग्ने भैसकेका छन् र उनी राम्रोसँग उभिन र हिड्न समेत सक्दैनन् ।

अहिले समेत दयालु आफन्तको सहयोगले जेनतेन छाक टारिरहेकी जिआओले आफु मरेपछि पनि आफ्नो छोरालाई कसैले हेरचाह गरिदिए हुन्थ्यो भन्ने लाग्छ । बिचरा टांग प्रति कसैको दया जागे त हुन्थ्यो नी ।
अनलाइनखबर




0 comments:

Post a Comment

 
Top