Menu


.

लन्डन, २०६८ भाद्र १०, शनिवार ,

बिदेशमा रहेर पनि नेपाली चलचित्रलाई माया गर्ने नेपालीहरू थुप्रै छन् । अझ नेपालमा बस्ने भन्दा बिदेशमा बस्ने नेपालीले नेपाली चलचित्रलाई धेरै माया गर्छन् भन्दा फरक नपर्ला । यसरी बिदेशमा रहेर नेपाली चलचित्र प्रतिको मोह देखाउने मध्येका एक हुन् एल.बि. सुब्बा ।

हाल लन्डनमा रहेका सुब्बाको निर्माण तथा निर्देशनमा चलचित्र 'निर्दोश' को छायाँकन भईरहेको छ । छायाँकनको अन्तिम चरणमा रहेको सो चलचित्रमा थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका नायक ध्रुव दत्त, सबिन श्रेष्ठ, निता पून, बिपिन सुब्बा,एल बि सुब्बा लगायतको अभिनय रहेको छ । चलचित्र दि एभरेष्ट मुभिज रिडिङ यूकेको व्यानरमा निर्माण गरिएको हो ।

चलचित्र माया प्रेमका साथमा एचआईभी एड्ससम्वन्धी कथाबस्तुमा आधारित छ । पारस रानाले छायांकन गरिरहेको सो चलचित्रमा राजेशपायल राईको स्वर तथा संगीत रहेको छ । यसैगरी चलचित्रका गीतमा प्रविशा अधिकारीको पनि स्वर रहेको छ । चलचित्रमा सनम वैराग र प्रकाश श्रेष्ठको नृत्यनिर्देशन रहेको छ । - फिल्मीखबर

0 comments:

Post a Comment

 
Top