Menu


.

काठमाडौ, भाद्र ४ - पूर्व मिस नेपाल, मोडेल, अभिनेत्री लगायतको परिचय बनाएकी माल्भिका सुब्बाको शनिबारदेखि अर्को परिचय पनि थपिएको छ- व्यवसायी । लाजिम्पाटमा उनले 'हाउस अफ एपरिल' नामक बुटिक सञ्चालनमा ल्याएकी छन् । अभिनेत्री निशा अधिकारी, अभिनेता कर्मा शाक्य, मिस नेपाल सदीक्षा श्रेष्ठ, रुवि राणा शाह, गोपाल कक्षपती लगायतले शनिबारै उनको सोरुम उद्घाटन गरे ।

सानैदेखि व्यवसायी बन्ने लक्ष्य बोकेकी माल्भिकाले आफ्नो सपनालाई बल्ल पूरा गरेकी हुन् । अहिले मिडियामा धेरै समय दिइरहनु नपर्ने भएकाले साइड बिजनेस गर्नु उपयुक्त लागेको उनले बताइन् । त्यसैले उनी आफ्ना १७ वर्ष पहिलेका साथीहरूसँग मिलेर बुटिक खोलेकी हुन् । 'गड लिभ्स इन द हिमालयज्' फिल्मबाट अभिनेत्री बनेकी माल्भिकाको पछिल्लो फिल्म 'गुडबाई काठमाडौं' हो, जुन छिट्टै रिलिज हुँदै छ ।

उनले आफ्नो सोरुममार्फत 'नेपालमै उत्पादित कपडाहरू पनि गुणस्तरीय हुन्छन् भन्ने विश्वास दिलाउन' चाहेको बताइन् । युवादेखि ५०/६० वर्ष उमेर पुगेकालाई समेत उपयुक्त हुने सजिलो, छरितो र फेसनेवल पहिरन उनले सोरुममा राखेकी छन् । 'जस्टिस्' पहिरन अन्तर्गत केटाहरूले लगाउने सादा र पि्रन्टेड टिर्सट र सर्टहरू पनि छन्, जसमा 'काठमाडौंको ट्राफिक' लेखिएको टिर्सट अत्यन्त रोचक र सन्देशमूलक लाग्छ । 'अलिक युनिक र वास्तविकता देखाउन खोजेका हौं,' उनले भनिन्, 'अनावश्यक शब्द राख्नुभन्दा यस्ता कुराले केही सन्देश दिन्छ कि ?'

'आइरा' पहिरन अन्तर्गत केटीहरूले लाउने समर ड्रेसहरू, पार्टीवेयर, इभिनिङ वेयर र अफिसियल वेयर छन् । यस्तै अर्गानिक पहिरनहरूमा केमिकल प|mी फेबरिकले बनेका लुगा छन् । डेढ वर्ष पहिलेदेखि कम्पनी खोल्ने योजना बनाइरहेकी ३० वर्षीया माल्भिका 'व्यवसायमा लागेपछि मिडियाबाट ओझेल पर्न लागेको हो कि' भन्ने सबैको जिज्ञासालाई मेटाउन चाहन्छिन् । 'बिजनेसमा दाम कमाउन चाहन्छु,' उनले भनिन्, 'तर यसको अर्थ मिडियामा ओझेल पर्नु होइन ।'

कम्पनीको को-फाउन्डर एन्ड क्रिएटिभ डाइरेक्टर रहेकी माल्भिकाले मिडियाबाट बाँकी रहेको समयलाई व्यापार-व्यवसायमा सदुपयोग गर्ने बताइन् । 'हामीले सजिलो र फेसनेवल लुगालाई प्राथमिकता दिएका छांै,' उनले भनिन्, 'ग्राहकको अडरअनुसार पहिरन बनाउने पनि गर्छौं ।' विदेशी पहिरनहरू राम्रा हुन्छन् भन्ने आमसोचाइलाई आफूले बदल्ने खोजेको बताइन् । 'धेरैलाई थाहा छैन, बाहिरबाट आउने कपडा एसियामा नै बनेका हुन्छन्,' उनले भनिन्, 'यही बुझाइमा परिवर्तन ल्याउनु छ ।' उनी आफ्ना उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन बढी मिहिनेत गर्ने सुनाइन् ।

माल्भिकाको सोरुम उद्घाटनमा आएकी मिस नेपाल सदीक्षाले आकर्षण र सजिला क्याजुअल ड्रेस मन पराइन् । उनले दुई पहिरनसमेत किनिन्, अभिनेत्री निशाले भने पार्टीवेयर । आकाशे र पहेंलो रंग मन पराउने अभिनेता कर्माले 'काठमाडौंको ट्राफिक' लेखिएको टिर्सटमा मन लगाए । उद्घाटनमा चलचित्र र मिडिया क्षेत्रका सेलिब्रेटीहरूको बाग्लो सहभागिता थियो । - कान्तिपुर

0 comments:

Post a Comment

 
Top