Menu


.


 साउन १६ काठमाडौँ ।  प्रधानमन्त्री झलनाथ खनालले माओवादीका नयाँ मन्त्रीहरुको सपथ साँझ  ५ बजेर ५ मिनेटमा गराउदै हुनुहुन्छ  ।  माओवादीका सबै मन्त्रीहरुले दिएको सामूहिक राजीनामा फिर्ता लिनुपर्ने राखेको शर्त माओवादीले स्विकार गरेपछि सपथ ग्रहणको वातावरण निर्माण भएको हो ।

९ जना मन्त्रीलाई मात्र शपथ खुवाइने जानकारी प्रधान मन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालेदिनुभयो । थापाका अनुसार शपथ लिनेमा एक जना मधेसी जनअधिकार फोरमका पनि छन्।

माओवादीले प्रस्ताव गरेका कुनै पनि राज्य मन्त्रीलाई शपथ नखुवाइने उनले बताए।माओवादीले सिफारिस गरेको १२ जना राज्यमन्त्रीहरुको सपथको टुङ्गो लागिसकेको छैन ।

यसरी शपथ खाने मन्त्रीहरुमा नेतृत्व नारायणकाजी श्रेष्ठले गर्नुहुनेछ ।

0 comments:

Post a Comment

 
Top