Menu


.

काठमाण्डौ, २०६८ भाद्र १२, सोमवार

मोफसलमा प्रदर्शन भएको झन्डै तीन बर्ष पछि चलचित्र शिलशिला काठमाण्डौमा प्रदर्शन हुने भएको छ । निर्माता सिपी पौडेलले दिएको जानकारी अनुसार अहिले चलिरहेको चलचित्र सपना पछाडी काठमाण्डौमा क्यू सिष्टमबाट १४ वटा हलहरुमा शिलशिला प्रदर्शन हुने भएको छ ।

राजेन्द्र उप्रेतीले निर्देशन गरेको चलचित्र शिलशिला मोफसलको प्रमुख बजार मानिने पोखरामा एक सय पच्चिस दिन प्रदर्शन भएको थियो । प्रेम कथामा आधारीत चलचित्र शिलशिलाले पोखरा बाहेक नारायणगढ, कुस्मा, लगायतका स्थानहरुमा एकाउन्नौ दिन त कहि ७५ दिन प्रदर्शनको रेकर्ड राखेको थियो । शिवम अधिकारीले लेखेको चलचित्र शिलशिलाका गितहरुमा बसन्त सापकोटाले संगीत दिएका छन् । चलचित्र शिलशिलाबाट बसन्त सापकोटा एकाएक हिट भएका थिए । यो चलचित्रको 'सागर सरी चोखो माया...' बोलको गीत अत्यन्त्यै चर्चित भएको थियो ।

अहिले चलचित्रले निरन्तर असफल ब्यापार गरीरहेको भए पनि शिलशिलाले राम्रो ब्यापार गर्ने निर्माता सिपीको बिश्वास छ । उनले मोफसलका दर्शकहरुले अत्यन्तै रुचाएको चलचित्र शिलशिला हेर्न काठमाण्डौका दर्शकहरु प्रतिक्षामा रहेकाले यो चलचित्रले राम्रो ब्यापार गर्नेबताए । बिराज भट्ट, रेखा थापा, राज तिमल्सिना, सोनिया केसी लगायतका कलाकारहरुले अभिनय गरेको चलचित्र शिलशिला काठमाण्डौमा प्रदर्शन आरम्भ गर्नै लाग्दा इदको अवसरमा कतारमा समेत प्रदर्शन हुने भएको छ ।

इदको अवसरमा कतारको सिटि प्लाजामा सेप्टेम्बर १९ का दिन प्रदर्शन हुने आयोजक संसथा रेड मुभिजले जानकारी दिएको छ । रेड मुभिजमा प्रबन्ध निर्देशक निराजन भण्डारीका अनुसार इदको अवसर पारेर सेप्टेम्बर १७ का दिन चलचित्र गंगाजल प्रदर्शन गरीने छ । कतारको लागी त्यहाको ३० रियल टिकट दर कायम गरीएको जानकारी दिदै मुभिजले प्रत्येक नेपाली रेष्टुरेण्टहरुमा टिकट उपलबध रहेको जानकारी दिएको छ । - फिल्मीखबर

0 comments:

Post a Comment

 
Top