Menu


.

राजेन्द्र न्यौपाने
 साउन १९ गोरखा । गोरखा जिल्लाको सिर्दीवास गाउँ विकास समितिको वडा नं. ७ स्थित पादी र डोयल गाउँमा झाडापखाला फैलदा तीन जनाको मृत्यु भएको छ भने ६ जनाको अवस्था गम्भीर रहे सिर्दीवास उपस्वास्थ्य चौकीमा सिटामोल सम्म पनि नभएको बुद्ध मा.वि. सिर्दीवासका शिक्षक सविन खड्काले जानकारी दिनुभयो । चौकीमा अहेव पनि नभएको उहाँले जानकारी दिनुभयो। रोग ग्रस्त क्षेत्रमा पुगेर सिर्दीवास पुगेका शिक्षक खड्काका औषधी उपचार आजै नपाए मृत्यु हुनेको संख्या बढ्ने बताउनुहुन्छ ।

मृत्यु हुनेहरुमा वडा नं. ७ का ४२ वर्षिय विपिन गुरुङ, ४६ वर्षिय सुन्दरी गुरुङ र वडानंं १ का आठ वर्षिय विना गुरुङ रहेको बुद्ध माध्यमिक विद्यालय सिर्दीवासका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर गुरुले जानकारी दिनुभयो । एक महिना अघि देखि फैलिएको उक्त रोगमा जिउ काम्ने, रिङटा लाग्ने, वाकवाक लाग्ने, जिउ कालो हुने, खानमन नलाग्ने, झाडापखाला लाग्ने र मृत्यु हुने गरेको छ ।

पादी गाउँ, डोयल गाउँमा झाडा पखाला फैलिएको छ । कुल ११५ घरधुरी रहेको वडा नं. ७ मा ७० घरमा १०० भन्दा बढी विरामी रहेको उहाँले बताउनुभयो । आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य टोली त्यसतर्फ लागि सरेको जिल्ला स्वास्थ्य कार्यालय गोरखालेजानकारी दिएको छ । जिल्ला सदरमुकामबाट सिर्दीवास पुग्नको लागि तीन दिनको पैदल यात्रा गर्नुपर्दछ । आरुघाटबाट डा.विजय श्रेष्ठको टोली आज साँझ सम्म सिर्दीवास पुगन सक्ने जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख डा. गुणराज लोहनीले जानकारी दिनुभयो ।

एउटै घरमा चार जनासम्म विरामी रहेको र रोग फैलिएको क्षेत्रमा छिटो भन्दा छिटो उपचार गर्नुको विकल्प नरहेको स्थानीय गुन बहादुर कार्कीले बताउनुभयो । हिँडेर डाक्टर आउँदासम्म यहाँ कति जनाको ज्यान जान्छ भन्न सकिँदैन यसका लागि सरकारले हेलिकप्टरबाट डा.सहितको टोली ल्याई उपचार गर्नुपर्दछ । झाडा पखाला अन्तिममा लागेको यो रोगको सहि निदान पनि हुन सकेको छैन यसको लागि विकट गाउँको समस्या सम्बन्धित निकायमा सुनाईदिनु पर्यो ः कार्कीले भन्नुभयो । 

0 comments:

Post a Comment

 
Top