Menu


.

अशोक महत
 साउन १८ धुलिखेल ।काभ्रेकाभ्रेको पनौतीमा रहेको काभ्रे उच्च माध्यामिक विद्यालयमा अध्ययनरत एक जोडिले विष सेवन गरेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा पनौती नगरपालिका ५ का सरोज थापा र पनौती नगरपालिका–४ की आस्था गुलु भएको प्रहरीले जनाएको छ । 

कक्षा ११ मा अध्ययनरत थापा र गुलुलाई आफु अध्ययनरत उच्च माविको एक कोठामा अचेत अवस्थामा फेला पारिएको र उपचारको क्रममा अस्पताल लैजादै गर्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएको छ । बिहान ९ बजेसम्म कक्षा सन्चालन भएको कोठा भित्रबाट बन्द भएपछि विद्यालयका शिक्षक र कर्मचारीले बल प्रयोग गरी ढोका खोलेका थिए ।

 काभ्रे प्रहरीले घटनाको छानविन थालिएको जनाएको छ । दुवै शव पोष्टमार्टमा लागि शिर मेमोरियल अस्पतालमा राखिएको छ ।

0 comments:

Post a Comment

 
Top