Menu


.

 साउन १७ काठमाडौँ। समृद्ध नेपाल निर्माणका लागि स्पष्ट शिक्षा निती भन्ने मुल नाराका साथ काठमाडौंमा सोमवारबाट  प्राविधिक शिक्षामा राष्ट्रिय बहस सम्मेलन सुरु भएको छ । नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले  बृहत शैक्षिक सम्मेलनको सूरु गरेको हो । 

सम्मेलनबाट नेपालको प्राविधिक शिक्षा नीतीका बारे बृहत छलफल गरी राष्ट्रिय शिक्षा नीति के हुने भन्ने विषयमा निष्कर्ष निकाल्ने जनाइएको छ ।

सम्मेलनमा शिक्षामन्त्री गंगालाल तुलाधरले अहिलेको २१ औं शतब्दीमा उत्पादनमुखी शिक्षालाई प्रमुखताका साथ उठाउनुपर्ने बताउँदै ठुलो संख्यामा दक्षजनशक्ति नेपालीविद्यार्थी विदेशमा पलायन हुनेगरेको बताउनुभयो । उहांले दक्षजनशक्तिहरु विदेशिने क्रम बढेकाले त्यसको जिम्मा राज्यले नै लिनुपर्ने बताउनुभयो ।त्यसैगरि अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेलले शिक्षा लाई राजनितिक हस्तक्षेपबाट पूर्णरुपमा मुक्त राख्नुपर्ने बताउँदै आर्थिक,राजनितिक र सामाजिक रुपान्तरणकोलागि  सर्वप्रथम शिक्षालाई रुपान्तरण गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

अनेरास्ववियुले यो बृहत शैक्षिक सम्मेलनबाट शिक्षा निती बनाउन ठुलो मदत पुग्ने विश्वास लिएको छ । सो सम्मेलन आगामी ३२ गते सम्म १२ दिन चल्ने आयोजकले जनाएको छ । सम्मेलनमा विभिन्न बरिष्ठ शिक्षाविद तथा विद्यार्थीहरुसंगको बहश र छलफलबाट उपलब्धिमुलक निचोड निकाल्ने बताइएको छ।

0 comments:

Post a Comment

 
Top