Menu


.

 साउन १७ पर्बत  । पर्वत जिल्लाको लिमिठाना गाविसमा मंगलवार राती एक व्यक्तिले आफ्नै घरका २ जनाको काटेर हत्या गरेको छ भने ३ जनालाई घाईते बनाएको छ ।

 लिमिठाना गाविस–९ बस्ने वर्ष ४८ को भक्तवहादुर भण्डारीले आफ्नी ४२ बर्षिया श्रीमती मिना भण्डारी र ६५ बर्षिया माहिली आमा हरिकला भण्डारीको हत्या गरेको छ भने ७० वर्षिया आफ्नै आमा धनसरी भण्डारी, २५ वर्षिया भाई बुहारि पवित्रा भण्डारी र पाहुना हुन गएका स्थानीय ठानामौला गाविस–२ का ७० वर्षिया भाईवुहारिको वुवा ७० वर्षिया भिववहादुर क्षेत्रीलाई गम्भीर घाईते वनाएको छ ।

घटना पछि स्थानीय वासिन्दा र फलेवास वाट गएको प्रहरी टोलीको सहयोगमा हत्यारा भण्डारीलाई छिमेकी कुर्घा गाविसको उल्लेरी भन्ने ठाउँवाट पक्राउ गरेका छन् । भण्डारीलाई अहिले बाँधेर राखिएको स्थानीय पत्रकार जिदुर भुषण क्षेत्रीले वताउनुभयो । घटनाको वारेमा थप अनुसन्धान भरहेको प्रहरीले जनाको छ । 

प्रहरीका अनुसार हत्यारालाई जिल्ला प्रहरी कार्यालयको सहयोगमा आजै सदरमुकाम कुश्मामा ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment

 
Top