Menu


.


सिंगापुरमा एउटी ४२ बर्षीय यौनकर्मी महिला तीनतले घरको झ्यालबाट हामफालेर गम्भीर घाइते भएकी छिन । पुलिसले अवैध यौनधन्दा संचालित रहेको आशंकामा उनी बसेको होटलमा छापा मार्दै गर्दा यो घटना भएको थियो ।

सिंगापुरको ग्यालेंग इलाकाका होटलहरुमा अबैध यौन व्यवसाय संचालन गरिदै आएको छ भन्ने जानकारी पाए पश्चात पुलिस उक्त स्थानमा छापा मार्न गएको थियो । आफु रहेको होटलमा पनि पुलिसले छापा मार्दैछ भन्ने थाहा पाएपछि पहिले उनी शौचालयमा लुक्न गईन । केही समय पश्चात बाथरुमको झ्यालबाट बाहिर निस्कने कोशिस गर्दा गर्दै उनको खुट्टा फुस्कियो र उनी तीन तला माथि रहेको उक्त झ्यालबाट पुलिसको भ्यान माथि खस्न पुगिन ।

रगतले लतपत भएकी उक्त महिलालाइ तुरुन्त अस्पताल पुर्याइयो । उनको अनुहार तथा बाया आँखामा गम्भीर चोट लागेको छ । यसका साथै उक्त कारवाहीमा अन्य पांच महिला सहित एकजना पुरुषलाइ आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ गरिएको छ । उनीहरुलाई गैरकानुनी रुपमा यौन क्रियाकलापमा संलग्न रहदै आएको भनि गिरफ्तार गरिएको हो ।


0 comments:

Post a Comment

 
Top