Menu


.

 साउन १७ काठमाडौं। एक महिनासम्म व्रत गरेर मनाइने इस्लाम धर्मावलम्बीहरुको पवित्र चाड रमजान आजदेखि सुरु भएको छ ।

रमजानका अवसरमा मुस्लीम राष्ट्रिय मुक्ती मोर्चा, मुस्लिम संघ नेपाल, मुस्लीम इत्तेहाद संगठन लगायत मुस्लीम सम्बन्धीत् विभिन्न संघ संस्थाले विज्ञप्ती जारी गरी शुभकामना सन्देश दिएका छन् । सन्देशमा उनीहरुले समयैमा संविधान निर्माण भएर राजनीतिक स्थितरता कायम होस् भन्ने कामना गरेका छन् ।

रमजानका अवसरमा मुसलमान समूदायका मानिसहरुले आजदेखि एक महिनासम्म सूर्यास्त अघि नै खाना खाएपछि सूर्यास्त नहुँदासम्म निराहार बस्छन् । ब्रतका समयमा केही खान, यौनकार्य गर्न र झुटो बोल्न नहुने इस्लाम धर्म गुरुहरु बताउँछन् । 

एक महिना लामो ब्रत सकिएपछि इदुल फित्र पर्व मनाउने प्रचलन रहिआएको छ ।

0 comments:

Post a Comment

 
Top