Menu


.



मिनकुमार दाहाल,२० साउन,सिन्धुली

सिन्धुली जिल्लामा अधिकाश गाउँ विकास समितिका सचिवहरु जिल्लाको सदरमुकाम माढीवजारमा गाविस कार्यालय स्थापना गरी कार्यालय संचालन गरेर वसेका छन्  । त्रिपन्न गाविस मध्ये अधिकांश सचिवहरु गाँउमा नगई सदरमुकाममै बसेर काम गर्ने गरेकाले सर्व साधारणहरुलाई हैरानी भएको गुनासो आउन थालेको छ । 
सचिव गाउँमा नवस्दा सानो भन्दा सानो काम गर्न पनि सदरमुकाम धाउनुपर्ने बाध्यता भएको सितलपाटी गाविसका कैलाश पौडेल बताउँछन् । उनले द्वन्द्वकालमा सदरमुकाम बस्न बानी परेकाले सचिवहरु गाविसमा नगएको हुन सक्ने वताउनुभयो । उहाँका अनुसार कतिपय गाँउबाट आउने सर्वसाधारणहरुले गाविस सचिव समेत नचिन्ने र कार्यालय फेला पार्न नसकेर हैरानी खेप्ने गरेका छन् । फलानो गाविस सचिव कहाँ वस्छ भनेर सोध्न आउनेहरुको लर्को नै लाग्ने गरेको कमलामाई-६ माढीबजारमा सिलाई पसल साचालन गरी बस्ने केशव सुन्दाश वताउँछन् । कतिलाई फसा्रउनु  आफैलाई फुस्रद हुँदैन उहाँले दुःखेसो पोख्नुभयो । कल्पवृक्ष गाविसकाका हरिहर माझी सचिवहरु परिषद् र कुनै महत्वपूर्ण निर्णय गर्नुपर् यो भने मात्र पाहुना जसरी गाविस आउने गरेकेा बताउँछन् । 
उहाँले भन्नुभयो जनतालाई सेवा पुर् याउनु राष्ट्रसेवक कर्मचारीको कर्तव्य भएकोले गाँउमै बसेर सचिवहरुले काम गर्नुपर्छ । गाँउमा बस्न कुनै आपत्ति छैन तरपनि धेरैजसो सचिवहरु सदरमुकाममा घुमिरहेका भेटिन्छन् नेकपा एमालेका नेता खड्ग खत्रीले भन्नुभयो ।  उनले सचिवहरु जिविसमा हैन गाविसमा बस्नुपर्ने वताउनुभयो । स्थानीय जनताको प्रत्यक्ष सरोकार राख्ने निकायको रुपमा रहेको गाविस कार्यालयमा सचिव नबस्नु नीतिनियमको ठाडो उलंघन भएका नेपाली काँग्रेसका नेता दिपक मिश्र बताउँछन् । उनले पाँच प्रतिशत मात्र सचिवहरु गाँउमा बस्ने गरेकेा वताउनुहुन्छ ।  

अहिले गाउँमा कुनै बाधा व्यवधान र समस्या नभएकाले गाविस सचिवहरु गाँउमै बस्नुपर्ने एकिकृत नेकपा माओवादीका सेक्रेटरी सुरद स्याङ्तान बताउँछन् । द्वन्द्वकालको जस्तो समस्या र कुनैपनि खालको त्रास नभएकाले अनिवार्यरुपमा सचिवहरु गाविसमै बस्नुपर्छ उहाँले भन्नुभयो । गाविस कार्यालय सदरमुकाममै साचालन गरी बसेका गाविस सचिवहरुले भने नागरिकता लगायतमा सिफारिश गर्नुपर्ने भएकाले र जनताकै सजिलोका लागि आफूहरु जिल्ला सदरमुकाममा बसेको बताउँछन् ।

 गाउँमा कार्यालय सहायकले सानातिना काम गरिदिने हुँदा जनतालाई समस्या नभएको भन्दै सदरमुकाममै बसेर जनताको अन्य कामहरु सजिलै गरिदिने गरेको उनीहरुको तर्क छ । गाविस हकहित संरक्षण केन्द्र सिन्धुलीका उपाध्यक्ष विष्णु काफ्लेले सरकारले जनप्रतिनिधीको कार्यभार समेत गाविस सचिवलाई जिम्मा लगाएका कारण नागरिकता लगायतका सिफरिश गरिदिनका लागि सदरमुकाममै बस्नुपर्ने बाध्यता भएको वताउनुभयो । उनले अध्यक्षले गर्नुपर्ने जिम्मेवारी पुरा गर्नका लागि आफूहरु सदरमुकाममा बसेको जिकिर गरे । अहिले पनि गाँउमा विभिन्न समूहका नाममा चन्दा आतंक र धम्की आउने गरेको भन्दै काफ्लेले सुरक्षित हुनका लागि पनि सदरमुकाम बस्नुको विकल्प नरहेको वताउनुहुन्छ । 

गाविस सचिवहरुले सदरमुकाममा कार्यालय साचालनका लागि कोठा भाडामा लिएर कार्यालय साचालन गर्दै आइरहेका छन् । तर गाविसको कार्यालय संचालनका लागि सदरमुकाममा कोठा भाडामा लिएर बस्न नमिल्ने जिल्ला विकास समितिका लेखा अधिकृत पद्म ब। कार्कीले वतउनुहुन्छ । जिल्लामा अधिकाँश सचिवहरुले आफनो डेराभाडा समेत गाविसबाट लिने गरेकेा नाम उल्लेख नगर्ने शर्तमा एक गाविस सचिवले वताउनुभयो । आफ्ना मातहतका कार्यालयहरुले आर्थिक नियम विपरित सदरमुकाममा गाविसको नाममा घरभाडा तिरेर कार्यलय साचालन गर्दा समेत जिविसले कुनै कदम नचाल्नुलाई शंकाको रुपमा हेर्नुपर्ने जिविसकै कर्मचारीहरु बताउँछन् ।

0 comments:

Post a Comment

 
Top