Menu


.

ठाकुर कपाली
 साउन १६ धुलिखेल ।एकीकृत नेकपा माओवादीले प्रस्ताव गरेको नयाँ मन्त्रीहरुको आज हुने भनिएको सपथ अन्यौलमा परेको छ । शान्ति र संविधान निर्माणका प्रकि्रया र राष्ट्रिय सहमतिका माओवादी प्रतिवद्धता आएमा प्रधानमन्त्रीले आज साँझसम्ममा नयाँ मन्त्रीहरुलाई सपथ गराउनुहुने बताइएको थियो । तर अहिलेको सरकारमा सहभागी मन्त्रीहरुको सामुहिक राजीनामा फिर्ता नभएसम्म सपथ गराउन नसकिने प्रधानमन्त्री झलनाथ खनालले बताउनुभएपछि सपथ कार्यक्रम अनिश्चित भएको हो । सबै नयाँ प्रधानमन्त्रीहरुलाई एकैपटक सपथ गराउन नसकिने प्रधानमन्त्रीका अडानका कारण पनि आज हुने भनिएको सपथको कार्यक्रम अन्यौलमा परेको छ । एकीकृत माओवादीले कृष्णबहादुरमहराको नेतृत्वमा रहेको अहिलेको सरकारको आफ्नो पार्टीको टोली फिर्ता बोलाएर उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा नयाँ टोली पठाउने निर्णय गरिसकेको छ ।

यसैबीच माओवादीका नयाँ प्रस्तावित मन्त्रीहरुलाई सपथ गराउने प्रधानमन्त्रीको खनालको निर्णयप्रति नेकपा एमालेका नेताहरुले आश्चर्य व्यक्त गरेका छन् । प्रधानमन्त्रीले आफ्नो विशेषाधिकारको आधारमा सपथ गराउन लागेको बताउनुभए पनि पार्टीले अहिलेको स्थितिमा सरकार पुनर्गठनको कुनै अर्थ नभएको निर्णय गरिसकेकोले उहाँले मान्नुपर्ने अरु नेताहरुको तर्क छ ।

0 comments:

Post a Comment

 
Top