Menu


.

  साउन १९काठमाण्डौ।  प्रधानमन्त्री झलनाथ खनालले आगामी साउन २८ गतेभित्र राजीनामा दिनेबारेमा मन्त्रीपरिषदलाई जानकारी गराउनुभएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री खनालले मन्त्रिपरिषद पुनगर्ठनपछि आफुले गरेको प्रतिबद्धता पूरा गर्न नसकेमा साउन २८ गतेभित्र राजीनामा दिने बताउनुभएको हो । मन्त्रिपरिषद पुनगर्ठनपछि आज पहिलो पटक बसेको बैठकमा खनालले यो ९ दिनको अवधिमा शान्ति र सबिधान निर्माण प्रकि्रयालाई अघि बढाउने दिशामा कुनै पनि कसर बाँकी नराख्ने अठोट गर्नुभयो । 

बैठकपछि शिक्षामन्त्री एवं सरकारका प्रवक्ता गंगालाल तुलाधारले प्रतिवद्धता बमोजिम साउन २८ भित्र शान्ति प्रकि्रयाको काम पूरा गर्न नसके राजीनामा दिने बारेमा प्रधानमन्त्रीले मन्त्रीपरिषदलाई जनाउ दिनुभएको बताउनुभयो । मन्त्रिपरिषद पुनगर्ठनको बिषयलाई लिएर पार्टीभित्र र बाहिरबाट चर्को आलोचना र कारबाहीसम्मको चेतावनी खेप्नुभएका खनाललाई सहमति कार्यान्वयन अनुगमन समितिले समेत राजिनामा दिने सहमतिको पालना गर्न निर्देशित गरेको छ । 

त्यस्तै बैठकले विद्युत् प्राधिकरण साचालक समितिको अध्यक्ष ऊर्जामन्त्री रहने व्यवस्था संशोधन गरी उर्जा सचिबलाई राख्ने निर्णय पनि गरेकेा छ । विद्युत प्राधिकरणलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न साचालक समितिको अध्यक्षमा मन्त्री नरहने व्यवस्था गरिएको ऊर्जा मन्त्री गोकर्ण बिष्टले बैठकलाई जानकारी गराउनुभएको थियो । यसैबिच अन्र्तराष्ट्रिय बिज्ञान सम्मेलन नेपालमा  गर्नका लागि बैठकले १६ लाख रुपैया निकासा पनि गर्ने निर्णय गरेको छ ।

0 comments:

Post a Comment

 
Top