Menu


.

 साउन १८ रोल्पा।   गएराती घरमाथिबाट आएको पहिरोले घर भत्काउँदा रोल्पामा एकै परिवारका ३ जना बालबालिकाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । हिजोदेखी आएको अविरल वर्षाका कारण गएराती १ वजेतिर पहिरो जाँदा रोल्पा तेवाङ गाविस वडा न्ां १ निवासी वालाराम थापाक्षेत्रीको घर पहिरोले भत्काएको हो । पहिरोमा परी घरमा सुतिरहेका थापाका १२ वर्षिय छोरी नर्मा थापा, ९ वर्षका छोरा मनु थापा र २ वर्षका विमल थापाको मृत्यु भएको हो । 

पहिरोमा परी थापा र थापाकी श्रीमती कुमारी थापा गम्भीर घाइते हुनु भएको छ । घाइते दुवैलाइ उपचारका लागी प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर ल्याइदै गरिएको प्रहरीले जनाएको छ । यसैगरी बर्षाका कारण लिबाङ भालुबाङ सडकखण्ड अवरुद्ध भएको छ । लिबाङदेखी सुलिचौरसम्म ठाउँठाउँमा पहिरो गएका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला शिक्षा कार्यालय रोल्पा नजिकै पहिरो गएपछि बजारमा आवत चल्ने सवारी साधन समेत अवरुद्ध भएका छन् । सातदोबाटोमा पनि पहिरोले घर पुरेको छ । लिवाङ बजार नजिकै पर्ने पधेरी खोला, खाद्यटोल, शिवालय रोड लगायतका स्थानहरुमा पहिरो जादाँ पनि व्यापक क्षति भएको छ । यसैगरी रोल्पाको धाङ्सी खोलामा आएको बाढीले बिभिन्न स्थानमा क्षति पु¥याएको छ । 

लिबाङ भालुबाङ सडक खण्डमा गएको पहिरो हटाउन देबिदत्त गणका सेनाहरु, जिल्ला प्रहरी कार्यालयका प्रहरीहरु र स्थानिय सर्वसाधरण लागेका छन् ।रोल्पाको अन्य स्थानमा पनि धेरै क्षति पु¥याएको छ । तर, पनि भौगोलिक रुपमा विकट भएकोले अझै सम्पूर्ण स्थानको जानकारी आउन नसकेको कुरा प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । बर्षा अझै नरोकिएकाले क्षतिको बिस्तृत बिवरण अझै आउन सकेको छैन ।यसैबीच वर्षाका कारण रोल्पाका विभिन्न स्थानमा आएको पहिरोले क्षति पु¥याएको छ । 

लिवाङ गाविस ६ मा रहेको दिवस सुवेदीको नयाँ निर्माण हुदै गरेको घरसहित २ जना घर भत्किएको छ । घरमा रहेका सबै समानमा क्षति पुगेको छ । त्यस्तै गजुल गाविसमा एक भैसी, तेवाङमा २ वटा गोरु पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।  

0 comments:

Post a Comment

 
Top