Menu


.

विज्ञान शिक्षक समाज नेपालको पहिलो राष्ट्रिय अधिवेशनले खिलकुमार प्रधानको अध्यक्षतामा नयाँ २ सदस्यीय केन्द्रीय कार्य समिति निर्वाचित गरेको छ ।

संस्थाको नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा विकास गौतम जयप्रकाशलाल श्रीवास्तव, महासचिवमा विजयकान्त मिश्र ,क्षेत्रीय उपाध्यक्षमा महेन्द्रविलास लुईटेल, अचला थापा, चन्द्रप्रकास सुवेदी, भोजप्रसाद ढकाल सचिवमा ओमकार बोहरा कोषाध्यक्षमा देबेन्द्र कुमार कर्ण र सहसचिवमा भगवान दासलाई निर्वाचित गरेको बुधवार रिपोर्टस्र क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । सो संस्थाको केन्द्रीय सल्लाहकार समितिमा कृष्णप्रसाद पाठक योगेन्द्र प्रसाद यादव र मानार्थ सदस्यमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर सुरेन्द्र राज काफ्लेलाई चयन गरेको छ ।

२६ जिल्लाका विज्ञान विषयका शिक्षकहरुको भेलाले पाँच बुँदे काठमाडौ घोषणा पत्र समेत जारी गरेको छ । जसमा विज्ञान विषयको सिकाई प्रणालीमा आमुल सुधार गर्ने शिक्षालाई प्रदर्शनात्मक र प्रयोगात्मक बनाईने प्रत्येक विद्यालयमा प्रयोगशाला निर्माणकोलागी पहल गर्ने रोनास्टसँग सम्बन्ध स्थापित गरेर देशभरीका विज्ञान शिक्षकहरुलाई प्रविधि प्रयोग सम्बन्धी तालिम दिने नेपाल सुहाउँदो विज्ञान शिक्षण विधी भित्राउने लगायतका विषयहरु रहेका छन् ।

प्रथम सम्मेलनले विज्ञान शिक्षक समाज नेपालको बिधान  समेत अनुमोदन गरेको छ । विज्ञान शिक्षक समाज अध्यक्ष खिलकुमार प्रधानले नयाँ नेपाल निर्माणको आधार विज्ञानको आशातित विकास हुन नसकेको बताउनुभयो । उहाँले विकास भए पनि शिक्षकले दायित्व र नैतिकताको हिसावमा संगठित पहल गर्ने अभियान अन्र्तगत यो संगठनको निर्माण गरेको जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

 
Top