Menu


.

 साउन १८ बीरगंज । नारायणी उप–क्षेत्रिय अस्पताल विकास समिती बीरगंजले अदालतको आदेश पनि अवज्ञा गरेको साझा स्वास्थ्य संस्थाले जनाएको छ । साझाले पर्सा जिल्ला अदालत र पुनरावेदन अदालत समेतले अस्पतालको दक्षिणतर्फ रहेको प्रमोद फार्मेसी गैरकानूनी तवरबाट निर्माण गरिएको ठहर गर्दै पसल हटाएर घर तोडनका लागि आदेश दिएकोमा अहिलेसम्म कार्यान्वयन नगरिएको जनाएको छ । 

साझाले अस्पताल विकास समितीसंग साझाको पसल स्थापना गर्दा गरेको सम्झौता विपरित तत्कालिन मेसु. डाक्टर मूर्लिप्रसाद सिंहले प्रमोद फार्मेसीलाई इजाजत दिएको विरुद्ध साझा अदालतको शरणमा गएको थियो। अदालतबाट न्याय पाएको ९ महिना भएको अवस्थामा पनि पसल हटाउने तर्फ कुनै पहल नगरिएको साझाले जानकारी गराएको छ । 

अस्पताल विकास समितीलाई लिखित मौखिक जानकारी गराउदै आएर थाकी सक्दापनि आजको मितीसम्म नहटाएको साझाको कथन छ । साझाले अस्पतालले लापरवाही गरेको कारण प्रमुख जिल्ला अधिकारीलाई असार १७ गते देखी लिखित जानकारी गराउदा पनि आज आज भोली भोली गर्ने काम भैरहेको जनाएको छ । यता अस्पताल विकास समितीसंग यहि असार मसान्तसम्मका लागि गरिएको सम्झौताको म्यादपनि सकिएको छ । 

प्रमोद फार्मेसीले ५ वर्षका लागि गैरकानूनी तवरबाट गरेको सम्झौताको म्याद सकिदा समेत पसलघर हटाएर अदालतको आदेश पालना नगरिनुको कारण रहस्यमय देखिएपनि यस्मा राजनीतिक दवाब र रकमको चलखेल भएको अस्पताल कर्मचारीहरु बताउछन ।

0 comments:

Post a Comment

 
Top