Menu


.

देवकला कार्की 
 साउन १७  धनकुटा । ईन्द्र मोहन स्मृति गुठी धनकुटाले ईन्द्र मोहन स्मृति पुरस्कार २०६७ र २०६८ वाट धनकुटाका दुई जना कलाकारलाई सम्मान गर्ने भएको छ । गुठीले सोमवार  धनकुटामा पत्रकार सम्मेलन गरी २०६७ को लागि लामो समयदेखि गायत तथा संगितको क्षेत्रमा लाग्नु भएका धनकुटा नगरपालिका ६ निवासी लक्ष्मीकृष्ण श्रेष्ठलाई र २०६८ को चित्रकला तथा मुर्तिकलातर्फ  धनकुटा नगरपालिका वडा न ५ निवासी मुर्तिकार श्रीकृष्ण जोशीलाई प्रदान गर्ने निर्णय भएको जानकारी दिएको छ । 

उहाँहरुले धनकुटामा जन्मी धनकुटामै रहेर ठूलो योगदान दिनु भएकोले गुठीले सम्मान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष ओमकार श्रेष्ठले वताउँनु भयो । पुरस्कार भदौ पहिला हप्तामा एक कार्यक्रमको आयोजना गरि प्रदान गरिने गुठीका सदस्य सचिव शकर दाहालले वताउनु भयो ।
         
उहाँहरुलाई दुवैलाई नगद १० हजार ५ रुपैया र सम्मान पत्रद्धारा सम्मानित गरिने भएको छ । २०६२ सालमा स्थापना गरिएको गुठीले विभिन्न विद्यामा लागेर योगदान दिने प्रतिभाशाली व्यक्तिलाई प्रत्येक वर्ष पुरस्कृत तथा सम्मान गर्दै आएको छ । कला संगित समाज सेवा तथा पत्रकारीता क्षेत्रमा लागेका व्यक्तिलाई प्रोत्साहान स्वरुप प्रत्येक वर्ष प्रदान गर्दै आएको गुठीले २०६६ सालको गितकार तथा संगितकार कुवेर राईलाई सम्मान गरेको थियो ।

 ईन्द्र मोहन स्मृति गुठिका सस्थापक तथा अध्यक्ष ओमकार श्रेष्ठको अध्यक्षतामा कार्यक्रममा सदस्य विश्वप्रकास श्रेष्ठ, किरण स्वपनिल, नेपाल पत्रकार महासघका अध्यक्ष मोहन वान्तवा लगायतको उपस्थिती रहेको थियो ।

0 comments:

Post a Comment

 
Top