Menu


.


एसवी गौतम,१६ साउन,सिन्धुली 

नेपाल विद्युत प्राधिकरण खिम्ती ढल्केवर २२० केभि प्रसारण लाईनको गौर काष्ठ वन पैदावार सम्वन्धी तालिम तथा विरुवा वितरण कार्यक्रम आजवाट सिन्धुलीमाढीमा सुरु भएको छ । खिम्ती ढल्केवर प्रसारण आयोजनाको वातावरण व्यवस्थापन ईकाई र सहकार्य नेपालको आयोजनामा सुरु गरिएको तालिम पाचँ दिनसम्म चल्ने छ । तालिमको उदघाटन अनौपचारिक रुपमा गरिएको थियो । 

उद्घाटन कार्यक्रममा जिल्ला वन कार्यालय सिन्धुलीका निमित्त प्रमुख वासुदेव झासामुदायिक वन उपभोक्ता सहासघं सिन्धुलीका अध्यक्ष कृष्णकुमार श्रेष्ठरेडियो सिन्धुलीगढीका स्टेशन म्यानेजर द्धारिका काफ्लेसहकार्य नेपालका अध्यक्ष खेटराज अधिकारीले आयोजना र यसले पारेको असर तथा विकासका सम्भावनाका विषयमा चर्चा गरेका थिए ।


तालिममा सिन्धुली रामेछापधनुषार महोत्तरीका आयोजनाले प्रभाव पारेको सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ता सहभागी रहेका छन् । कार्यक्रममा वातावरण ईकाईका राजभुमी कर्णेलले आयोजना क्षेत्रमा १५ हजार ५ सय ५५ रुखहरु काटिएको र सो को ठाउँमा ५ लाख ९२ हजार ९ सय विरुवा रोप्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । 

0 comments:

Post a Comment

 
Top