Menu


.


कूल तामाङ्ग साउन १९ काठमाडौ। नेकपा एमाले सल्लाहकार परिषदका अध्यक्ष एवम अनुशासन आयोगका सदस्यसिद्धिलाल सिहले प्रधानमन्त्री एवम पार्टी अध्यक्ष झलनाथ खनालले आगामि साउन २१ बस्ने केन्द्रीय कमिटिको बैठकले गर्ने निर्णय नमाने विशेष महाधिवेशन बोलाएर अध्यक्ष पदबाट हटाउने चेतावनी दिनु भएको छ ।रिपोर्टस्र क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा सिहले माओवादी मन्त्रीहरुलाई सपथ नगराउने स्थायी समितिको निर्णय बेवास्ता गरेर अध्यक्ष खनालले पार्टीको अनुशासन उल्लघन गरेको दावी गर्दै अनुशासन उल्लघन गर्नेलाई कारवाही हुने दावी गर्नु भयो ।क्लबका अध्यक्ष ऋषि धमालाको सभापतित्वमा भएको साक्षात्कारमा उहाँले भन्नुभयो-पार्टी भन्दा माथि कोही छैन । पार्टीको अनुशासनउल्लघन गर्नेलाई कारवाही हुन्छ । झलनाथ खनाल पनि पार्टी भन्दा माथि छैनन ।मन्त्री परिषद विस्तार गर्ने प्रधानमन्त्रीको विशेष अघिकार भए पनि प्रधानमन्त्री पार्टीले नै नियूक्त गरेकोले पार्टीको निर्णय बाहिर कोही पनि जान नसक्ने तर्क उहाँले गर्नुभयो ।सिहले आगामि केन्द्रीय कमिटिको बैठकले अध्यक्ष खनालले पार्टी निर्णयको उल्लघन गरेको विषयमा गंभिरतापूर्वक छलफल गरेर सरकारबाट फिर्ता बोलाउने सम्मको निर्णय गर्ने दावी गर्नुभयो ।यसअघि अध्यक्ष खनालले आफ्नो प्रतिकुलतामा केन्द्रीय कमिटिको बैठक सार्दै आएकोले यसपटक पनि बैठक सर्न सक्छ त भन्ने जिज्ञासामा सिहले यसपटक केन्द्रीय कमिटिको बैठक र संसदीय दलको कुनै पनि बैठक नसर्ने र अध्यक्षले सार्न पनि नसक्ने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो-यसपटक केन्द्रीय कमिटिको बैठक सर्न सक्दैन । बैठकले सो विषयमा निर्णय गर्छ ।
अध्यक्ष झलनाथ खनालले पटक पटक पार्टीको निर्णय उल्लघन गर्दै आएकोमा पार्टीले कारवाही गर्न नसकेको प्रसङगमा केन्द्रीय कमिटिको बैठकले कारवाहीको निर्णय गर्ने विश्वास ब्यक्तगर्दै उहाँले भन्नुभयो-अहिले नपत्याउनुस केन्द्रीय कमिटिले निर्णय गर्छ अनि पत्याउनुस ।पार्टीभित्र तिब्र ध्रुविकरण भए पनि अहिलेको धु्रविकरणले नै पार्टी नफुट्ने दावी गर्दै विवाद र बहस विना कुनै पनि पार्टी अगाडि बढ्न नसक्ने दावी गरे ।

0 comments:

Post a Comment

 
Top