Menu


.

भरतबन्धु थापा
 साउन १६ भक्तपुर। कांग्रेस भातृसंगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका निर्वतमान अध्यक्षले केन्द्रमा पार्टीभित्रको गुटबन्दीका कारण तरुण र विद्यार्थी संगठन गठन हुन नसकेको आरोप लगाएका छन् ।

रफत संचार क्लबले आज भक्तपुरमा आयोजना गरेको अन्तरक्रियमा पूर्व अध्यक्षहरुले धेरै लामो समय सम्म पनि भातृसंगठनहरु ग्ठन हुन नसक्नुमा केन्द्रीय समितिमा भएको गुटबन्दी रहेको आरोप लगाएका हुन् ।

नेविसंघका पूर्व अध्यक्ष प्रदीप पौडेल पार्टीलाई सहज होस भनेर आफुले राजीनामा दिएको भन्दै चारमहिना वितिसक्दा पनि भातृसंस्थाहरु ग्ठन नहुँनु दुःखदायि भएको बताउनुभयो । उहाँले नेविसंघको नेतृत्व बिहिन धेरै समय सम्म रहनुभनेको कांग्रेसका लागि घातक हुन सक्ने चेतावनी दिनुभयो ।

कार्यक्रममा नेपाल तरुण दलका पूर्व अध्यक्ष विनोद कायस्थले लोभी, पापी र पद चाहनेहरुले गर्दा कांग्रेसलाई अप्ठेरो भएको भन्दै संगठन सुदृढिकरणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले तरुण र विद्यार्थी पार्टीको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गर्दै भातृसंस्थाहरुलाई नेतृत्व नबनाउन सुझाव दिनुभयो । उहाँले छिटो भन्दा छिटो केन्द्रले हस्तक्षेप गरेर पुनर्गठन गर्न आग्रह गर्नुभएको छ ।

0 comments:

Post a Comment

 
Top