Menu


.

१ भदौ, काठमाडौँ । साहित्य लेखन विधाबारे विस्तृत बहस गर्न आजदेखि राजधानीमा चारदिने साहित्यिक महोत्सव सुरु हुँदैछ ।

बुक्वर्म ट्रस्टको आयोजनामा हुने महोत्सवको ललितपुरको झम्सीखेलस्थित ज्ञानमण्डलमा अपराहृन प्रज्ञाप्रतिष्ठानका अध्यक्ष बैरागी काईंलाले उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सवका प्रमुख वक्ताका रुपमा आयामेली लेखन आन्दोलनका अगुवा ईन्द्रबहादुर राई छन् । महोत्सवमा सहभागी हुन भारतबाट लेखकद्वय मार्क टेली र इरा त्रिदेवी पनि काठमाडौँ आइपुगेका छन् । ‘लेखक र पाठकबीचको सम्बन्ध बलियो बनाउन सम्मेलन आयोजना गर्न लागिएको हो’ ट्रष्टका अध्यक्ष अजित बरालले भन्नुभयो’ नेपाली भाषा साहित्यलाई अभिवृद्धि गर्नुपनि सम्मेलनको उद्येस्य हो ।’

महोत्सवमा साहित्य,कला र संगीत क्षेत्रका पारखीहरुको जमघट हुने बताइएको छ । सम्मेलन अवधिभर जगदीश घिमिरे, डा.धु्रवचन्द्र गौतम, खगेन्द्र संग्रौला, अभि सुवेदी, सरु भक्त, शारदा शर्मा, महेशविक्रम शाहलगायतका लेखक तथा साहितयकारहरुले अन्तरसंवादमा भाग लिनेछन् । महोत्सवका क्रममा पाठक र लेखकबीच सार्थक बहस पनि हुने आयोजकले जनाएको छ । महोत्सवबाट पाठकमा किताब किन्ने तथा पठन संस्कृतिको विकास हुने ट्रष्ट अध्यक्ष बरालको विश्वास छ ।

0 comments:

Post a Comment

 
Top