Menu


.

काठमाण्डौ, २०६८ भाद्र ११, आईतवार - असोज १३ गते आफ्नो चलचित्र 'म तिम्रो भईसकें' को प्रदर्शन मिती तय गरेका निर्देशक बिकास आचार्यले प्रोमो सार्वजनिक गरेका छन् । केहि समय अगाडी फिल्मीखबरबाट शिर्ष गीत सार्वजनिक गरेका निर्देशक आचार्यले चलचित्रको प्रचार प्रसारलाई तिब्र पार्दै प्रोमो सार्वजनिक गरेको बताए ।

अहिले चलचित्र 'म तिम्रो भईसकें' को गीत निकै चर्चामा पनि छ । बिशेष गरी मोफसलका एफएम तथा स्थानिय टेलिभिजनहरूला यस चलचित्रको शिर्ष गीत निकै बज्ने गरेको बुझिएको छ । दशैंको अवसर पारेर उपत्यका बाहिरका हलहरूमा प्रदर्शन हुन लागेको चलचित्र 'म तिम्रो भईसकें' लाई वान टाईम सिनेमा प्रालीले निर्माण गरेको हो । चलचित्रमा जीवन लुईटेल, ऋचा सिंह ठकुरी, अयुब केसी, बिज्ञान सापकोटा, रामकृष्ण बजगाईं लगायतले अभिनय गरेका छन् ।

रेड क्यामेराले छायाँकन गरिएको सो चलचित्रको सम्पादन पनि रेड स्टुडियोमै गरिएको हो । बिकाश आचार्यकै लेखन रहेको सो चलचित्रमा बसन्त सापकोटाको संगीत, शम्भु सापकोटाको छायाँकन, हिमाल केसीको द्वन्द तथा कविराज गहतराजको नृत्य रहेको छ । चलचित्रका गीतमा दिपक लिम्बु र रजिना रिमालले स्वर दिएका छन् भने गीतहरू शैलेश आचार्य र दयाराम पाण्डेले लेखेका हुन् । चलचित्रमा जम्मा तीन गीत समावेश गरिएको छ ।

यस युनिटले यो भन्दा अगाडी नाइ नभन्नु ल निर्माण गरेको थियो जुन व्यवसायिक रूपमा मात्र नभएर सांगितीक रूपमा पनि सफल भएको थियो । अहिले निर्देशक आचार्य आफ्नो यस चलचित्रले नाइ नभन्नु ल भन्दा बढि सफलता पाउनेमा ढुक्क छन् । उनी भन्छन्, 'नाइ नभन्नु ल भन्दा धेरै राम्रो सिनेमा बनाएको छु त्यसैले सफलता पाउनेमा पनि ढुक्क छु ।'

यो चलचित्रको प्रिमियर अष्ट्रेलियामा गरिने भएको छ । अष्ट्रेलियामा सोलाङचरले गर्न लागेको रेड कार्पेट प्रिमियरमा नायक जीवन लुईटेलले सहभागिता जनाउने भएका छन् । सोलाङचरले यस अघि चलचित्र नाइ नभन्नु ल लाई अष्ट्रेलियाको सिनेमा घरमा नियमित प्रदर्शन गरेको थियो । यस चलचित्रलाई पनि नियमित प्रदर्शन गर्ने बुझिएको छ । चलचित्रको प्रिमियर मिती भने अझै तय भईसकेको छैन । - फिल्मीखबर

0 comments:

Post a Comment

 
Top