Menu


.

 साउन २० रोल्पा। रोल्पाको  जंकोट गाविसको वडा नं ३ बागामा गोठमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ। भावाङ २ दहवन निवासी ४६ वर्षका कर्मलाल बुढा मगर र ४२ वर्षका वसन्ती बाठामगरको मृत्यु  भएको हो । 

घरबाट माडिचौरतर्फ आउँदै गर्दा बाटोमा बास बसेको गोठमा आगलागी भएको थियो ।  मृतकको शव जलेर छिन्नभिन्न भएको र छोराहरूले कपडाको आधारमा पहिचान गरेपछि जिम्मा दिइएको प्रहरीले जनाएको छ । घटना ४÷५ दिन पहिलेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । 

जिल्ला प्रहरी कार्यालय लिवाङबाट प्रहरी निरीक्षक बद्री पाण्डेका अनुसार घटना के कसरी भएको बारे अनुसन्धान भइरहेको छ । डिएसपी केदार रजौरेसहितको थप एक टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

0 comments:

Post a Comment

 
Top