Menu


.

 साउन १६ काठमाडौ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिह के.सी.ले सरकारको नेतृत्व गर्ने जिम्मवारी पाएमा संसदीय दलको नेता मात्रै प्रधानमन्त्री बन्नुपर्छ भन्ने बाध्यकारी प्रावधान नरहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लव नेपालले सोमबार राजधानीमा आयोजना गरेको साक्षत्कारमा नेता के.सी.ले संसदीय दलको नेता परिवर्तन गर्ने विषयमा पार्टी भित्र चलेको बहसमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्थामा संसदीय दलका नेता बाहेकका नेता पनि प्रधानमन्त्री बन्न सक्ने बताउनुभयो । संसदीय दलको नेता परिवर्तन लाई लिएर कांग्रेसमा बिवाद भईरहेका समयमा केन्द्रीय सदस्य के.सी.को यस्तो धारणा आएको हो ।

नेता के.सी.ले पाँच बुँदे सहमति अनुसार प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिन हस्ताक्षर गरिसकेको अवस्थामा सरकार विस्तार गर्नु संसदीय ब्यवस्थालाई चुनौति दिएसरह रहेको बताउनुभयो । उहाँले पाँच बुँदे सहमतिलाई माओवादी र एमालेले उलंघन गर्न लागि परेको आरोप लगाउनुभयो ।

त्यसै गरेर नेता के.सी.ले एकीकृत माओवादीले शान्ति प्रक्रिया निश्कर्षमा पुरायाउने निश्चित समयसीमा सहितको खाँका ल्याए कांग्रेसले संसदमा जारी अवरोध अन्त्य गर्ने बताउनुभएको छ ।उहाँले कांग्रेस लोकतान्त्रिक दल भएकोले जनताको आवाज रोक्ने गरी संसद अवरुद्ध गर्ने पक्षमा नरहेको बताउनुभयो । 

वाईसीएलको अर्धसैनिक संरचना खारेजी, कब्जा गरिएका सम्पत्ति फिर्ता, हतियार र लडाकुको ब्यवस्थापन अन्र्तगतको रिगु्रपिङ, पुर्नस्थापनाको प्याकेज, संख्या र दर्जाको विषयमा समयसीमा सहितको प्रतिवद्धता आएमा आन्दोलन फिर्ता लिन तयार रहेको के.सी.को भनाई थियो ।

0 comments:

Post a Comment

 
Top