Menu


.

 साउन १७ काठमाडौँ  ।  ५ बँुदे सहमति कार्यान्वयन तथा अनुगमन समितिले सहमतिअनुसार राजिनामा गर्ने निर्देशनको आशय सहित प्रधानमन्त्री झलनाथ खनालको ध्यानाकर्षण गराएको छ । समितिको आज बसेको बैठकले प्रधानमन्त्रीलाई शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउन माओवादी लडाकु समायोजनका लागि एक हप्ताको कार्ययोजना बनाएर लागु गर्न पनि भनेको छ । 

समिति सदस्य काङ्ग्रेस नेता विमलेन्द्र निधिले दलहरुबीच भएको सहमतिअनुसार प्रधानमन्त्रीले राजिनामा गर्नेतर्फ निर्देशन केन्द्रित रहेको बताउनुभयो । माओवादीको दोहोरो सुरक्षाप्रणाली तत्काल अन्त्य गर्न पनि समितिले निर्देशन दिएको छ । समिति सदस्य प्रेमबहादुर सिहले माओवादीका ६८ ओटा हतियार शिविरमा पठाइएको भए पनि बाँकी ३२ ओटा माओवादीका नेताहरुको सुरक्षामा अझै प्रयोग भइरहेको बताउनुभयो ।

0 comments:

Post a Comment

 
Top