Menu


.

काठमाण्डौ, २०६८ भाद्र २५, आईतवार

परिस्कृत रुपमा सम्पन्न हुँदै आएको डिजिटल फिल्म अवार्डको तेस्रो संस्करण सिजी डिजिटल फिल्म अवार्ड २०६८ यहि भाद्र २८ गते सम्पन्न हुदैछ । बिभिन्न २९ बिधामा उत्कृष्ट ५ मनोनयनलाई मनोनयनको प्रमाणपत्र समेत बितरण गरिसकेको आयोजक छायाँछबिले अवार्डको अन्तिम तयारी भइरहेको जानकारी दिएको छ ।

नेपाली चलचित्र र चलचित्रकर्मीहरुको लागी महान चाड मानिएको सिजि डिजिटल फिल्म अवार्ड २०६८ लाई भब्य बनाउन बिभिन्न कार्यक्रमहरुको समेत गरिने भएको छ । बिश्वका प्रतिष्ठित अवार्ड कार्यक्रमहरुमा जस्तै डिजिटल फिल्म अवार्डमा पनि चर्चीत कलाकारहरुको प्रस्तुति रहदै आएको आयोजक संस्थाका अध्यक्ष शान्ति प्रियले जानकारी दिए । पहिलो अवार्डबाट नै सुरु भएको चर्चित कलाकारहरुको प्रस्तुतीले दोस्रो अवार्डमा झनै ब्यापकता पाएको र कलाकारहरुको प्रस्तुतिको लागी पनि लोकप्रिय मानिएको डिजिटल फिल्म अवार्डमा यस पटक पनि बिभिन्न चर्चित कलाकारहरुको प्रस्तुतीले कार्यक्रमलाई रोचक र भव्य बनाउने प्रियले दाबी गरे ।

डिजिटल प्रबिधिमा निर्माण भएका चलचित्रहरुको सम्मानका लागी आयोजना गरिएको डिजिटल फिल्म अवार्डको सफलता, चलचित्रकर्मीहरुको पहिलो आकर्षण र सबै भन्दा महत्वपूर्ण पक्ष अवार्ड बिबाद रहित सम्पन्न हुनुले यस वर्ष अर्थात तेस्रो संस्करणमा यो अवार्डलाई अझै भब्य बनाउन लागीएको अध्यक्ष प्रियको भनाइ छ । यस्तै अवार्डलाई बृहत बनाउनको लागी यस पटक छायाँछबि पत्रकारिता सम्मान र डिजिटल चलचित्रकर्मी सम्मान पनि प्रदान गरिने अध्यक्ष प्रियले जानकारी दिए ।
चलचित्रकर्मीहरुको आकर्षण र डिजिटल चलचित्र निर्माणमा आएको तिब्रतासंगै यस पटक सिजी डिजिटल फिल्म अवार्डमा सहभागीता जनाएका चलचित्रहरुलाई निर्णायकहरू मोहन निरौला, ओम प्रतिक, राजेश खनाल र दिनेश कार्कीले मूल्याङकन गरेका छन् । जुरीको निर्णयका आधारमा बिभिन्न २९ बिधामा उत्कृष्ठलाई अवार्ड प्रदान गरिनुका साधै यस पटक दर्शकहरुको मतलाई समेत आधार मानेर उत्कृष्ट दर्शक छनौट अवार्ड समेत प्रदान गरिदै छ ।

मनोनयनसँगै खुल्ला गरिएको एसएमएस भोटिङमा दर्शकहरुले पठाएको मतको कदर गर्दै मनोनयनमा परेका सम्पूर्ण मनोनितहरुबाट एक जनालाई उक्त दर्शक छनौट अवार्ड प्रदान गरिने जानकारी आयोजकले दिएको छ । आयोजकले दिएको जानकारी अनुसार एसएमएस भोटिङ भाद्र २८ गते दिउँसो सम्म खुल्ला गरिने छ । फिल्मीखबर

0 comments:

Post a Comment

 
Top