Menu


.

काठमाण्डौ, नेपालीहरूको दोस्रो महान पर्व तिहारमा प्रदिप उदयले निर्माण गरेको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' रिलिज हुने भएको छ । प्रदर्शनका लागि राम्रो मानिने समय तिहार पनि भएकाले निर्माता उदयले भाईटिकाकै दिन चलचित्र रिलिज गर्न लागेका हुन् ।

निर्माताहरू हिन्दी चलचित्र चलेको बेला आफ्नो फिल्म जुधाउन चाहँदैनन् तर निर्माता उदय भने ठूलो व्यानरको हिन्दी चलचित्रसँग आफ्नो चलचित्र जानी जानी जुधाएको बताउँछन् । तिहारमै करन जोहरले निर्देशन गरेको शाहरूख खान अभिनित चलचित्र 'रावन' रिलिज हुँदैछ । निर्माता उदय भन्छन्, 'मैले जानी जानी हिन्दी चलचित्रसँग आफ्नो चलचित्र लडाएको हुँ ।'

काबिल फिल्मका लागि ब्रदर्श इन्टरटेन्मेन्टको प्रस्तुती रहेको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' प्रदिप उदयको प्रस्तुतीमा नारायण कुमार पाण्डे 'काबिल', गंगा पौडेल र गोपाल पाण्डेले निर्माण गरेका हुन् । ऋषि लामिछानेले निर्देशन गरेको सो चलचित्रमा श्रीकृष्ण श्रेष्ठ, रेखा थापा, मुकेश ढकाल, नीता ढुंगाना, सुनिल थापा लगायतले अभिनय गरेका छन् ।

चलचित्रमा महेश खड्काको संगीत, गोबिन्द राईको नृत्य, रोशन श्रेष्ठको द्वन्द तथा संजय लामाको छायाँकन रहेको छ । चलचित्रलाई अमेरिकामा पनि रिलिज गरिंदै छ । यो चलचित्र लगत्तै काबिल फिल्मका लागि ब्रदर्श इन्टरटेन्मेन्टको प्रस्तुती रहेको चलचित्र 'मालतीको भट्टी' रिलिज गरिने छ । फिल्मीखबर

0 comments:

Post a Comment

 
Top