Menu


.

काठमाण्डौ, २०६८ भाद्र २१, बुधवार,

चलचित्र निर्देशक समाजका अध्यक्ष केपी पाठक र प्रथम उपाध्यक्ष बिमल पौडेल बिचको जुहारी फेरी सार्वजनिक भएको छ । गत १७ गते निर्देशक समाजको आठौ साधारण सभा अनिश्चित कालका लागी स्थगित भए पछि यस्तो कुराको खुलासा भएको हो ।

मंगलबार एक चलचित्रको इण्डक्ल्याप पार्टीमा भेटिएका समाजका अध्यक्ष केपी पाठकले बिना कारण साधारण सभा स्थगित गरेको भन्दै उपाध्यक्ष पौडेल प्रति आक्रोषित देखिए । साधारण सभाको संयोजकमा उपाध्यक्ष पौडेललाई तोकेको बताउदै पाठकले पटक पटक सभा स्थगित हुँदा नराम्रो सन्देश गएको भन्दै चिन्ता ब्यक्त गरे । यसअघि पनि सभा स्थगित गरिएको जानकारी गराउँदै पाठकले अहिले स्थगित हुनुमा असहमति रहेको बताए ।

फिल्मीखबरसँग कुरा गर्दै पाठकले आफुले चित्त नबुझेका कुराहरु बोल्दा पनि आफुलाई उपाध्यक्षले बिभिन्न आरोपहरु लगाउने गरेको भन्दै खुलेर बोल्न चाहेनन् । अध्यक्षको बिशेष अधिकार प्रयोग नगर्ने अनि सभाको संयोजका हैसियतले उपाध्यक्षलाई दोष लगाएर आफु तर्कन त भएन नि ? भन्ने प्रश्नमा उनले आफुमा अधिकार भए पनि प्रयोग गर्न नसकेको बताए । उनले सञ्चार माध्यममा आफ्नो अभिब्यक्ति दिदा त समाजको निर्णय बिना बोलेको भनेर उपाध्यक्षले आपत्ति जनाउने गरेको स्मरण गर्दै आफुले सभा सम्बन्धि अधिकार संयोजकलाई नै छोडेको बताए ।

सुरुमा अध्यक्ष र उपाध्यक्षको बिचमा बिभिन्न आरोप प्रत्यारोप भए पनि बिचमा भने दुबैले कुम जोडेर मिलेको नाटक गरेका थिए । हामीसंग नै कुराकानी गर्दै दुबैले आफुहरुले आत्मआलोचना गरी गल्ती स्विकार गरेको बताएका थिए । आगामी दिनमा मिलेर जाने प्रतिबद्धता जनाएका यिनिहरुको बिचमा केही समय नबित्दै फेरी मन मुटाब सुरु भएको छ ।

तपाईहरुसंगै हुँदा मिलेको नाटक गर्ने अनि पछाडी पारेर कुरा काट्ने यो कस्तो प्रबृति हो त ? भन्ने प्रश्नमा पाठकले यहि कुरा आफुले बुझ्न नसकेको बताए । उनले बैठक बिमलले आफु पोजेटिभ भएको कुरा गर्दछन् अनि ब्यबहारमा असहयोग गर्ने गरेको जिकिर गरेका छन् । आफुलाई संघको अध्यक्ष भए पनि निर्णय प्रक्रियामा बाध्ने काम गरीएको भन्दै उनले राजिनामा दिने संकेत समेत गरेका छन् । तर राजिनामाको प्रसंगमा उनले आफ्नो केही बचाउ गरे ।

यस अघि आफुले चार पटक राजिनामा दिदा पनि कोही कसैले राजिनामा लिन नमानेका कारण आफुनै समाजको अध्यक्ष भएको उनको दाबि छ । प्रथम उपाध्यक्ष पौडेललाई नै कार्यबहाक अध्यक्षको जिम्मेबारी सुम्पिएर आफु समाजबाट अलग हुन खोजे पनि कसैले स्विकार नगरेको उनको जिकिर छ । उनले पौडेलललाई कि त कार्यबहाक अध्यक्षको रुपमा काम गर्न कि त हरेक काममा सहयोग गर्न आग्रह गरे ।

यता अध्यक्ष पाठकका गुनासा र आक्रोष पछि उपाध्यक्ष बिमल पौडेललाई पनि सम्पर्क गर्न खोज्दा सकिएन । उनी अहिले आफ्नै चलचित्र 'किसान' को घुम्ति अभियानमा राजधानी बाहिर रहेको बुझिएको छ । बुझ्नमा आए अनुसार पौडेल घुम्ति अभियान सकेपछि मात्र आएर समाजको साधारण सभा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नेछन् । एक बर्ष देखि हुन नसकेको समाजको साधारण सभा पटक पटक रोकिनुमा भने अध्यक्ष पाठकको पनि मुख्य हात नै थियो । उनी कहिले दुर्घटनामा पर्नु त कहिले बिदेश भ्रमणमा निस्कनुले बार्षिक साधरणसभा रोकिएको थियो । जुन कुरा पाठक स्वयंले स्विकारेका पनि छन् । फिल्मीखबर

0 comments:

Post a Comment

 
Top