Menu


.

नायिका रेखा थापाले चलचित्र कसले चोर्यो मेरो मनवाट उत्कृष्ट नायिकाको अवार्ड थापेपछि स्टेजमा पुगिन् र भनिन्, चलचित्र सफल वनाउन सफल सवैलाई विशेष आभार । म सम्झन चाहन्छु, मेरो चलचित्र निर्देशक सविर श्रेष्ठ, निर्माता छविराज ओझा, छायाकार संजय लामा । नाम सम्झैदा गर्दा रेखा अलमलीदै थिईन् ।

उनले चलचित्र भित्रका धेरै मानिसको नाम लिईन् तर आफ्नै सहकर्मी नायक आर्यन सिग्देलको नाम लिन चाहिनन् । रेखाले वोलीरहँदा आर्यनको नाम फुत्कन्छ कि भन्ने उनको डर थियो, यसैले उनी अकमकीएकी थिईन् । चलचित्र कसले चोर्यो मेरो मनमा नायक आर्यन सिग्देल मुख्य नायक हुन् । तर, वोलचाल नभएकै कारण रेखाले आर्यनको नाम समेत उच्चाहरण गरिनन् । रेखाले वोलिरहँदा कार्यक्रम हलको दोश्रो रोमा वसेका नायक सिग्देल औला मुखमा हालेर स्टेज भन्दा वाहिर हेरिरहेका थिए ।

यसैविच, उत्कृष्ट नायकको नाम घोषणा गर्ने पालो आयो, कस्तो संजोग उत्कृष्ट नायकको अवार्ड आर्यन सिग्देलले जिते, त्यो पनि कसले चोर्यो मेरो मनवाटै । आर्यन अवार्ड हातमा लिंदै वोल्न तम्सिए । आर्यनले चलचित्रका निर्देशक सविर, निर्माता छविराज ओझाको नाम लिए । यति भनिरहदा आर्यनभित्र केही पिडा देखिएको थियो । आर्यनले भने, रेखालाई पनि धन्यवाद, मलाई नसंझिएकोमा । आर्यनल यसो भनिरहँदा दर्शकदिर्घावाट समर्थनको ताली वज्यो । रेखाले नसंझिए पनि आर्यनले भने रेखालाई संझिए । यसपछि, आर्यन चर्को स्वरमा कराए र भने, म यसरी नै जितिरहने छु, जितिरहनेछु, जितिरहनेछु । अवार्डलाई चुम्वन गर्दै आर्यन मजैले चिच्चाए । आर्यनले आफ्नो नाम लिएपछि रेखा नर्भस देखिएकी थिईन् । आर्यन चिच्चाउनुको मुख्य कारण नै रेखा थापा थिईन् ।

आर्यन चिच्चाईरहँदा रेखा भने आफ्नो नयाँ चलचित्र अन्दाजका नवनायक सविर श्रेेष्ठसँग जिस्कनैमा व्यस्त देखिन्थिन् । आर्यन र रेखाविच कसले चोर्यो मेरो मनको निर्माण सँगसँगै वोलचाल वन्द भएको हो । कस्तो संजोग छ भने, गत वर्ष पनि छायाछविले नै आयोजना गरेको डिजीटल फिल्म अवार्डमा रेखाले हिफाजत चलचित्रवाट उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिईन् भने नायक आर्यनले पनि यही चलचित्रवाट उत्कृष्ट नायकको अवार्ड जितेका थिए । त्यो समयमा पनि रेखाले आर्यनको नाम लिएकी थिईनन्, र आर्यन यसरी नै चिच्चाएका थिए । रेखा र आर्यनविच अहिले वोलचाल छैन । तर, वोलचाल छैन भन्दैमा चलचित्रभित्र कसैले गरेको कामलाई संझन हुँदैन भन्ने होईन ।




रेखा चलचित्रकी नायिका मात्र नभएर निर्माता पनि हुन् । यसैले, रेखाजीलाई हाम्रो सुझाव चलचित्र वाहिरको रिसइवी सार्वजनिक कार्यक्रममा नदेखाउनुहोस् । तर, जे भएपनि रेखाको नाम लिएर आर्यनले वैगुनीलाई भने गुनले मारेका छन् ।

0 comments:

Post a Comment

 
Top