Menu


.

काठमाण्डौ, २०६८ आश्विन ९, सोमवार - नायिका निशा अधिकारी खेलाडीको श्रीमती बन्ने भएकी छिन् । दिनेश डिसीले निर्देशन गर्न लागेको चलचित्र 'मायाज बार' मा उनी एक खेलाडीको श्रीमती भएर प्रस्तुत हुँदैछिन् ।

केहि दिन अगाडी मात्र निशालाई चलचित्रको मुख्य भुमिकामा अनुबन्धित गरेका निर्देशक डिसीले निशाको भुमिका निकै च्यालेञ्जिङ रहेको बताए । शिर्ष भुमिका अर्थात चलचित्रमा 'माया' बनेर देखिन लागेकी निशा नवनायक गजित बिष्टको श्रीमती बन्ने छिन् । चलचित्रमा गजित मार्सल आर्टको खेलाडी बनेर प्रस्तुत हुँदैछन् । उनी खोजि प्रतिभाको नामक रियालिटी शोबाट आएका कलाकार हुन् ।

छिट्टै नै छायाँकनमा जाने बताईएको सो चलचित्रमा गजित बिष्ट र निशा अधिकारीको साथमा महानायक राजेश हमाल र आर्यन सिग्देल मध्ये कुनै एकले अभिनय गर्ने बुझिएको छ । यदि राजेश हमालले अभिनय गरे भने उनको जोडीको रूपमा करिष्मा मान्धर मानन्धर हुने छिन् भने आर्यनले काम गरेको खण्डमा नयाँ अनुहार हुनेछिन् । यो कलाकारले गर्ने भुमिका भने नेगेटिभ रहने छ ।

यि कलाकारको साथमा बालदिप राई, गोपाल ढकाल 'छन्दे' लगायतले पनि अभिनय गर्नेछन् । पुरूषोत्तम प्रधानको छायाँकन, एन बि महर्जनको द्वन्द तथा सुरेश अधिकारीको संगीत रहने सो चलचित्रलाई सुनिल मानन्धरले निर्माण गर्नेछन् । चलचित्र पारिवारिक कथामा आधारित रहने छ । फिल्मीखबर

0 comments:

Post a Comment

 
Top