Menu


.

काठमाण्डौ, नायक राजेश हमाल पनि अब गसिप किङ्ग बन्न थालेका छन् । उमेरले नेटो काट्दै गर्दा उनलाई मिडियामा छाउनु पर्छ भन्ने भूत चढ्न थालेको सञ्चारमाध्यममा आएका पछिल्ल समाचारहरूले पुष्टी गर्दछ । कहिले बिहे गर्छु त कहिले बिहे गर्दिन अनि कहिले गर्ल फ्रेण्ड छ अनि कहिले छैन । राजेशका यि यस्तै समाचारहरूले पछिल्लो समयमा निकै स्थान ओगटेको छ ।

नयाँ पुस्ताले पुराना पुस्तालाई बिस्थापित गर्दै लैजान लागेको अवस्थामा पुराना कलाकारहरू मिडियामा कसरी छाउने भन्ने तर्फ केन्द्रित भएको देखिन्छ । गसिपका ममलामा नम्बर एक मानिने भुवन केसीले पनि केहि दिन अगाडी राजेश हमाल आफू जस्तै बन्न लागेको प्रतिक्रिया दिएका थिए । भुवनले भनेको कुराहरू एक एक गरिं देखिन थालेका छन् । शुक्रबार मात्र एक साप्ताहिक पत्रिकामा राजेशले दिएको एक अर्न्तवार्ता पढेपछि उनी चर्चामा आउन खोजेको पनि बुझिन्छ ।

यस अघि माया प्रेम तथा सेक्सका बारेमा खासै खुलेर नबोल्ने राजेश आज भोली खुलेर बोल्न थालेका छन् । शुक्रबार मात्र एक साप्ताहिक पत्रिकामा राजेशले दिएको एक अर्न्तवार्ता पढेपछि उनी चर्चामा आउन खोजेको पनि बुझिन्छ । उनले सो पत्रिकामा आफूलाई सबैभन्दा बढि सेक्सी लाग्ने तीन महिलामा द्वारिका होटलकी सञ्चालिका अम्बिका श्रेष्ठ, मनीषा कोइराला र सभासद् सरिता गिरी रहेको बताएका छन् । त्यति मात्र कहाँ हो र उनले सीएनएन टेलिभिजनकी एंकर हेला गोरानीलाई देख्दा सेक्स डिजायर बढेको अनुभूति हुने बताएका छन् ।

राजेशले आफ्ना बारेमा गसिन न्यूजहरू मिडियामा आउँदा रमाईलो नै मान्ने गरेको समेत बताएका छन् । कलाकारको अर्को पाटो मनोरञ्जन पनि भएको बताउने राजेशले मनोरञ्जनका लागि नै गसिप न्यूजहरू आउने गरेको बताएका छन् । जे होस् राजेशले अब भने मिडियामा कसरी छाउनु पर्छ भन्ने कुरा बुझ्न थालेका रहेछन् । बधाई छ राजेश जि गसिप किङ्गको सुचिमा दर्ता हुनुभएकोमा । फिल्मीखबर

0 comments:

Post a Comment

 
Top