Menu


.

कार्तिक १, नेपाली चलचित्र क्षेत्रमा २ दशक एक छत्र राज गरेका नेपाली सिने उद्योगका महानायक राजेश हमाल ५० वर्ष पुगि सक्दा पनि विहे गरेका छैनन् । बेला बेलामा विहेका बारेमा र कहिले ‘गर्लफ्रेण्ड’ का बारेमा चर्चा आइरहने गरेको छन् । करिब ३ सय भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका नायक राजेश हमालले विहेमा केन्द्र भएर गरेको कुराकानी ।


विहे कहिले गर्ने ?
‘गर्लफ्रेण्ड’ ले धोका नदिए सन् २०१२ भित्र विहे पक्का गर्ने ।

सन् २०१२ भित्र विहे गर्ने पक्का हुनुको कारण भने के हो नि ?

आफ्ना लागि फिट हुने एकजना ‘गर्लफ्रेण्ड’ भेटेको छु । उनैसँग विहेको तयारी भईरहेको छ । ‘मैले भेटेको गर्लफ्रेण्डले नाई नभने अब विहे पक्का हुनेछ । तर गर्लफ्रेण्डले कहिलेसम्म अन्तिम निर्णय दिने भन्ने र डेडलाईन भने तोकेको छैन ।

गर्लफ्रेण्ड सगँ त पहिले नै विहे हुने कुरा थियो नि ?

पहिले नै विहे गर्ने सोचाई बनाएपनि विविध कारणले एकवर्ष पछाडि सरेको हो । सबै कुरा मिलाउँदै जाँदा केही समय पछि हुन पुग्यो । तर २०१२ भित्रै विहे पक्का हुन्छ । म मात्र तातेर मेरो विहे हुदैन रै छ ।

अनि ज्योतीषिको कुरा आएको थियो नि के हो ?

ज्योतीषिले २०१४ अघि विहे नगर्न उनलाई सुझाब दिएका छन् । तर ज्योतीषिसँग सल्लाह गरेर २०१२ भित्रै विहे गर्ने बाटो फुकाएको छु । ज्योतीषिको सल्लाह बमोजिम गृहशान्ती गरेर भएपनि २०१२ भित्र विहे गर्ने छु । बस छुट्छ की भन्ने डर लागेको छ, कुनै हालतमा मैले बस छुट्न दिन्न । विहेका लागि कोही केटाकेटी तातेर नहुने भएकोले त्यसका लागि मध्यस्थकर्ताको आवश्यकता पर्ने रहेछ । म तातेर मात्र मेरो विहे भएन । म त विहेको तयारीमा जुटिरहेको छ ।

चलचित्र क्षेत्रमा केहिले सम्म काम गरि रहने ?

चलचित्रमा अभिनय गर्न आफ्नो उमेर अझैसम्म ढल्कि सकेको छैन । चलचित्रमा अझै थुप्रै समय सम्म काम गर्ने छु । समय बित्दै जाँदा कलाकार गम्भिर र थप जिम्मेवार हुनु पर्ने रहेछ कलाकारिता जवानीमा निर्भर हुने पेशा भएपनि यसैप्रति समर्पित हुनेलाई फरक नपर्ने रहेछ । पेशाप्रति कुनै न कुनै भूमिकामा रहि रहनेछु ।

0 comments:

Post a Comment

 
Top