Menu


.

केशको स्वास्थ्य यसको नर्भस सिस्टम, तैलीय स्थिति तथा त्यसको सर्कुलेसनमा निर्भर हुन्छ । यसले केशको चमक र सुन्दरता झल्काउँछ । केशको सुन्दरता कलरिङ वा प्राकृतिक कलरमा भर पर्दैन, यो त केशको ग्रोथ प्रोसेस, स्वास्थ्य, चमक आदिमा हुन्छ । यदि केश चम्किलो, बाक्लो, लामो र स्वस्थ छ भने सुन्दर देखिन्छ । केशले व्यक्तित्वलाई धेरै हदसम्म प्रभावित गर्ने भएकाले यसमा लापरबाही गर्नुहुँदैन । सुख्खा केशका लागि मोस्चराइजरको आवश्यकता पर्छ भने तैलीय केशको बढी हेरचाह गर्नुपर्ने हुन्छ । डेन्ड्रफयुक्त केशलाई फङ्गसबाट बचाउन सरसफाइमा ध्यान पुर्‍याउनुपर्ने हुन्छ । कमजोर केशका लागि पोषणको आवश्यकता पर्छ । यदि केश हल्का कर्ल छ भने सीधा तलतर्फ ब्रस गर्नुको साटो ब्रसलाई घुमाएर बाहिरतर्फ निकाल्नुपर्छ ।

केश र स्केल्प स्याम्पु गर्दा राम्रोसँग सफा गर्नुपर्छ । त्यसका लागि ड्राइ स्याम्पुको मसाज पनि गर्न सकिन्छ । ड्राइ स्याम्पुमा स्याम्पु पाउडर र कोर्न मिल प्रयोग नहुने भएकालेे मसाजपछि स्याम्पु कण केशमा रहने सम्भावना हुँदैन । मसाजका लागि लोसन, तेल वा खाली हात मात्र पनि प्रयोग गर्न सकिन्छ । मसाजले केशसम्बन्धी समस्याबाट धेरै हदसम्म राहत प्रदान गर्छ । यसले हेयर ग्रोथमा पनि फाइदा पुर्‍याउँछ । बिहान-बेलुकी ५ मिनेट फिंगर टिप मसाज गर्नु लाभदायक हुन्छ । मसाज नै केशका लागि सबैभन्दा राम्रो हेयर टनिक हो । यसका लागि स्केल्प लोसन वा अन्डा प्रयोग गर्नुपर्छ तर हेयर डिसअर्डरका लागि भने विशेष प्रकारको लोसन प्रयोग गर्नुपर्ने हुन्छ ।

डेन्ड्रफ अर्थात् चायाँको अर्थ शिरको छालाको माथिल्लो लेयर ड्यामेज हुनु वा त्यसमा इन्फेक्सन हुनु हो । त्यसले स्केल्पलाई साह्रो बनाउँछ जसले गर्दा रोमछिद्र बन्द हुन्छ । त्यसले केशको जरासम्म तेल पुग्न दिँदैन र शिरमा फोहोर जमेर चिपचिपे देखिन्छ । अन्ततः त्यसले स्केल्प चिलाउने समस्या सिर्जना गर्छ र सेतो लेयरका रूपमा देखापर्छ । यसले केशलाई कमजोर बनाउँछ र केश र्झन थाल्छ । त्यसैले स्केल्पको राम्रोसँग हेरचाह गर्नु आवश्यक छ । मसाज र ब्रसिङ ठीक ढंगबाट गर्नुपर्छ । चायाँलाई प्रारम्भिक चरणमै नियन्त्रण गर्न सकिन्छ र त्यसका लागि काँचो तेलबाट स्केल्प मसाज गर्नु लाभदायक हुन्छ ।













केशलाई जोगाऔँ



जाडोको आगमनसँगै केश खराब हुनु एउटा आम समस्या हो । जाडोका कारण केशको चमक हराउँछ र सुख्खा भएर कान्तिहीन पनि देखिन्छ । यद्यपि थोरै हेरचाह गरेर केशलाई स्वस्थ, बलियो र चम्किलो बनाउन नसकिने पनि होइन । यसका लागि मौसमले कुन रूपमा केश र छालालाई प्रभाव पार्छ भन्ने कुरा बुझ्नु जरुरी छ । जाडोमा बग्ने चिसो र सुक्खा हावाले छाला र केशको कोमलता सोस्छ । फुस्रो छालामा पाप्रा देखिन्छ । यस्तोमा केशको रोमछिद्र पनि कमजोर हुन्छ । जाडोमा टाउकाको छालामा रक्तसंचार कम हुनुका साथै यो मौसममा प्रयोग गरिने हिटर, ब्लोअर आदिले पनि केशबाट कोमलता सोस्छ अनि समस्या अझ बढ्छ । बढीभन्दा बढी मोस्चर तथा पोषण प्रदान गरेर केेशलाई स्वस्थ एवं चम्किलो बनाउन सकिन्छ ।

छालाको सरसफाइ

जाडोमा सामान्य रूपमा केशलाई स्कार्फ वा क्यापले कभर गरिन्छ । त्यसबाट चिसोबाट त जोगिन्छ तर केशलाई बाँधेर राख्नाले ग्रन्थिहरू सक्रिय भै केश तैलीय एवं चिपचिप हुन्छ । केश सफा राख्न स्याम्पु गर्नुपर्छ तर दैनिक रूपमा भने होइन ।

ओयली केशलाई स्याम्पु नगरी तत्काल राम्रो लुक दिन बेबी पाउडर छर्केर काइँयो प्रयोग गर्नुपर्छ । यो एन्स्टेन्ट कन्डिसनरजस्तै हो । यसबाट केश ओयली र चिपचिप हुँदैन । केश धुनुभन्दा पहिले या त शिरमा जम्मा भएको डेन्डरफलाई ब्रसले झार्नुपर्छ वा एन्टी डेन्डरफ टि्रटमेन्ट प्रयोग गर्नुपर्छ ।

केशको कन्डिसनिङ

शुष्क मौसमबाट केशको सुरक्षाका लागि राम्रो कन्डिसनर अत्यन्त आवश्यक छ । केशमा चमक र बलियोपन बढाउन सातामा एकपटक राम्रो कन्डिसनर प्रयोग गर्नुपर्छ । केश सुख्खा छ भने रिप्लेनिस कन्डिसनर ट्राइ गर्नुपर्छ । यो कन्डिसनर पोषकतत्त्वयुक्त हुन्छ र यसबाट केशलाई पूर्णरूपमा पोषण प्राप्त हुन्छ । कन्डिसनरको प्रयोगपछि अन्त्यमा चिसो पानीले केश धुनुपर्छ । केशमा हट एयर ब्लो ड्रायर प्रयोग गर्दा लिव इन कन्डिसनर प्रयोग गर्नुपर्छ ।

कसरी सुकाउने केश ?

जाडो मौसममा आफ्नो केश सुकाउन हेयर ड्रायर बढी प्रयोग गरिन्छ, तर त्यसो गर्नु गलत हो । पहिले नै सुख्खा केशमा ब्लो ड्राइङ गर्दा केश अझ बढी खराब हुन्छ । ड्रायर गर्दा हेयर ड्रायरलाई कुल सेटिङमा राख्नुपर्छ । त्यसो त चिसो मौसममा यो काम केही कठिन हुन्छ । यद्यपि त्यसपछि केशमा आउने चमक देखेपछि सबै कुरा बिर्सिन्छ ।

काइँयो प्रयोग गर्दा

केशलाई अल्भिmन नदिन चौडा दाँत भएको काइँयो प्रयोग गर्नुपर्छ । भिजेको केशमा काइँयो प्रयोग गर्नुहुँदैन । सुख्खा केशमा काइँयो प्रयोग गर्दा केश आपसमा टाँसिन्छ । त्यसलाई हटाउने एउटै उपाय छ, काइँयोमा हेयर स्प्रे प्रयोग गर्ने । काठको काइँयोबाट यो समस्या सुल्झाउन सकिन्छ । प्लास्टिकको काइँयो प्रयोग गर्दा यो समस्या बढी देखा पर्छ ।

केशको सुरक्षा

स्कार्फ वा क्याप प्रयोग गर्दा केश सुरक्षित हुन्छ तर यसबाट केश चिपचिप एवं तैलीय हुन्छ । सातामा एकपटक हेयर स्पा टि्रटमेन्ट लिनुपर्छ । यसबाट विशेषगरी केश र टाउकाको छालासँग जोडिएका समस्या जस्तै केश झर्ने, डेन्ड्रफ, शिरको छाला सुक्खा हुने तथा दुईमुखे केशको उपचार गरिन्छ । फलस्वरूप केश चम्किलो हुन्छ । सामान्यतया यसमा ओयल मसाज, स्टिमिङ, स्याम्पु, डिप कन्डिसनिङ एवं मास्क प्रयोग गरिन्छ । स्पा टि्रटमेन्टबाट टाउकाको छालामा रक्तसंचार पनि बढ्छ । केश र शिरको मसाजका लागि खनिज तेलको साटो वनस्पति तेल राम्रो मानिन्छ । ओलिभ वा रोजमेरीले टाउकाको छाला एवं केशलाई प्राकृतिक पोषण प्रदान गर्छ ।

केशको दैनिक हेरचाह

स्याम्पु, कन्डिसनर तथा एन्टी सिरम/लिव इन कन्डिसनर दैनिक प्रयोग गर्नुपर्छ ।

रसायन धेरै नभएको स्याम्पु छनोट गर्नुपर्छ । केशलाई चम्किलो र कोमल राख्न कन्डिसनर प्रयोग गर्नुपर्छ ।

कर्ली केशमा कन्डिसनरले ठीक ढंगले काम गरेको छैन भने साइन सिरम प्रयोग गर्नुपर्छ, यसबाट केश नरम एवं चम्किलो हुन्छ ।

केशबाट केमिकलको प्रभाव निकाल्न सातामा एकपटक क्लोरिफाइङ स्याम्पु प्रयोग गर्नुपर्छ ।

केश कर्लिङ वा स्ट्रेटनिङ गरिएको छ भने सातामा एकपटक ओयल टि्रटमेन्ट तथा फ्याटी अल्कोहलयुक्त केयर मास्कको सहायताबाट आफ्नो केशलाई नयाँ जीवन दिनुपर्छ । यसले दुवै तरिकाबाट खराब केशलाई रिहाइड्रेट गर्न सहयोग गर्छ । म्यास गरिएको एभोकाडो, स्ट्रबेरी तथा केराले पनि केशलाई पोषण प्रदान गर्छन् ।

घामबाट जोगाउन लिव इन कन्डिसनर, हेयर क्रिम वा एसपीएफयुक्त सिरम नियमित प्रयोग गर्नुपर्छ । एसपीएफयुक्त प्रोडक्टस विशेष गरी कलर्ड/स्टि्रकड केशका लागि आवश्यक छ, कारण एसपीएफले केशलाई सुरक्षा मात्र नदिई कलर फेड हुन वा खराब हुनबाट पनि जोगाउँछ ।
नारी

0 comments:

Post a Comment

 
Top