Menu


.

निर्मला खड्का, इजरायल ।


हुनत महिलाहरुलाई प्रकृतिले नै प्राकृतिक सौन्दर्यताले सृजेको छ र त सौन्दर्यताको खानीको रूपमा गनिन्छन ,तै पनि अपबाद को कमि कहाँ छ र, कोहि भन्छन सुन्दरताको बाहिरी रुप राम्रो रे त कोहि भन्छन सुन्दरता नारीको भित्री गुणमा भर पर्छ । तर संसारकै चर्चित सौन्दर्य प्रतियोगिताहरुमा छानिने सुन्दरीको छनौट गर्दा भित्री बाहिरी दुवै योग्यताको तुलना गर्ने गरिन्छ । यद्दपि संसार आज बाहिरी सौन्दर्य कै पछि दौडिरहेको देखिन्छ । तसर्थ कोहि पनि महिलाहरुले औफ्नो सौन्दर्यतामा थप बढोत्तरी चाहनु गलत हैन । राम्रो ज्ञान र जानकारी सहित गरिने मेकअपले नारीको सौन्दर्य मात्र नबढाई उनीहरुको शिक्षा । शिष्टता र सभ्यतालाई पनि प्रस्ट पार्छ । मेकअप सामाग्रीहरु प्रयोग गर्दा राम्रो कम्पनीको सौन्दर्य प्रसोधनहरुको प्रयोगले छालामा धेरै असर नपर्ने हुदा कुनै राम्रो ब्रान्डेड कम्पनीको सौन्दर्य सामग्री प्रयोग गर्दा राम्रो हुन्छ । ब्रान्डेड सौन्दर्य सामग्रीहरु निकै महँगा पर्ने हुदा त्यी सामाग्रीहरुको राम्रो जतन गर्दा लामो समय सम्म टिक्ने हुन्छ र खरिद खर्चमा पनि बचत गर्न सकिन्छ ।


१. मेकअप गर्नु भन्दा एक घण्टा अगाडि अनुहारमा चमक ल्याउन छालामा मिल्ने कुनै पनि फ्रुटपेक लगाएर सुक्न दिने र सुकिसकेपछि चिसो पानीले पखाल्नुहोस् । यसो गर्दा मेकअप अनुहारामा धेरै बेरसम्म टिकिरहन्छ ।
२. साना आँखाहरूलाई ठूलो देखाउन हल्का रङ्गका आईसेडोहरे मद्दत गर्छ । त्यसैले सानो आँखा हुनेहरूले हल्का रङ्का आईसेडो लगाउँदा राम्रो देखिन्छ ।
३. परेलाहरूलार्इ बाक्लो देखाउन मस्करा परेलाको जरा सम्म लगाउने र एक दुई पटक खाली ब्रश परेलामा हल्का चलाउँदा जोडिएका परेलाहरू छुट्टिइन्छ र राम्रो देखिन्छ ।
४ अनुहारमा फाउण्डेशन एकै रूपमा लगाउन चिसो स्पञ्जले धेरै मद्दत गर्ने हुँदा चिसो स्पञ्ज प्रयोग गर्दा अति राम्रो हुन्छ ।
५. मेकअप गर्दा ब्लशर हल्का रङ्को प्रयोग गर्नुहोस् किनकी शरीरको उर्जा प्रभावित भएर ब्लशरको रङ् गहिरो देखिन्छ, जस्ले प्रायः अनुहार भद्दा देखिने गर्छ ।
६. लिपिस्टिक लगाउँदा ओठहरूको कुनाबाट शुरू गर्दै मध्य भागसम्म आउनुहोस् ।
७. कङ्सिलरले आँखाको कालो घेरा, डण्डीफोर अन्य दागहरू मात्रै नलुकाएर ओठ वरिपरिको दागहरू समेत लुकाउँछ । त्यसैले ओठ वरिपरिका दाग लुकाउन कङ्सिलर प्रयोग गर्नुहोस् ।
८. लिप लाइनर जहिले पनि कटर के टाँसेर प्रयोग गर्दा ओठको आकार राम्रोसँग मिल्न जान्छ ।
९. लिप लाइनर र लिपिष्टिक प्रयोग गर्नु भन्दा एक दुई घण्टा पहिले फ्रिजमा राख्नुहोस्, प्रयोग गर्न सजिलो हुन्छ लिपिष्टिक लामो समयसम्म रहन्छ ।
१०. आँखाको मेकअप हटाउँदा आई रिमुवर प्रयोग गर्नुहोस् ।
११. अनुहारको मेकअप हटाउन दुईपटक क्लिजिङ् मिल्कले पुछ्नुहोस् र पछि फेशवासले पखाल्नुहोस्, यस्ले रौँका छिद्रहरू बन्द हुनबाट बचाउँछ र मेकअपको कुनै नराम्रो असर अनुहारमा पर्न दिदैन ।
१२. लिपिष्टिकहरू किँदा कहिल्यै पनि टेस्टरहरू ओठमा लगाएर नहेर्नुहोस् । टेस्टरहरू राम्रो नहुनसक्छ र स्वास्थ्यका लागि राम्रो हुदैन ।
१३. आँखाको मेकअप गहिरो छ भने ओठको मेकअप हल्का गर्दा हुन्छ ।
१४. राती कतै पार्टी वा डिनरमा जाँदै हुनुहुन्छ भने आँखामा हाइलाइट गर्न शिमर प्रयोग गर्न सक्नुहुन्छ । तर दिनको उज्यालोमा शिमर राम्रो देखिदैन ।
१५. उमेर पुगेका महिलाहरूले मेकअप गर्दा हल्का रङ्हरू नै छान्दा राम्रो हुन्छ ।
१६. आँखामा गाजल लगाएर एकपटक पखाल्नुहोस् । यस्ले गाजललार्इ फैलाईदिन्छ र आँखा झन राम्रो र प्राकृतिक जस्तै देखिन्छ । पुनः लाईनर प्रयोग गर्नु पर्दैन ।
१७. मेक अप गर्दा अनुहारको साथै घाँटी, ढाड र हातको मेकअप गर्न पनि नभुल्नुहोस् । अन्यथा छालाको रङ् छुट्टिन गई नराम्रो देखिन सक्छ ।
१८. आँखाको मेकअप गर्दा दुई तिन कलरको आईशेडोको कलरलाई मिसाएर लगाउँदा कलर अरू राम्रो देखिन्छ ।
१९. आईलाइन सधै वाटरप्रुफ मात्रै प्रयोग गर्नुहोस् ।
२०. ब्लशर जहिले पनि गालाको उठको भागबाट कपालतिर ब्लैड गर्दा राम्रो हुन्छ ।
२१. दिनमा लिपिस्टिक भन्दा लिपवाम या लिपग्सल राम्रो विकल्प हो ।
२२. अनुहारको चमकको लागि बोज्र पाउडरहरू प्रयोग गर्नहोस् ।
२३. एसपिएफ सनस्क्रिन र मस्चराइजर प्रयोग गर्नुहोस् र २ घण्टा भन्दा बढि भएमा सनस्क्रिन दोहोर्याएर लगाउनुहोस् किनकी सनस्क्रिनले २ घण्टा मात्र राम्रोसँग छालाको रक्षा गर्ने गर्छ ।
२४. तैलीय अनुहारमा तेल नियन्त्रण गर्ने जेल प्रयोग गर्दा राम्रो हुन्छ ।
२५. सौवलो अनुहारमा ब्राउन या पहेँलो कलरको मेकअपहरू बढि सुहाउँछ ।
२६. आफ्नो मेकअपको सामानहरू साथीहरूसँग नसाट्दा र अरूको पनि आफुले प्रयोग नगर्दा स्वास्थ्यका हिसावले धेरै राम्रो हुन्छ ।
२७. मेकअपको सामान किन्दा मिति हेर्न कहिल्यै नबिर्सनुहोला ।
२८. आँखाको मेकअप गाढा मन पर्दैन भने परेलामा मस्करा लगाएर कर्ल गरेर हल्का गाजल प्रयोग गर्दा आँखा आकर्षक देखिन्छ ।
२९. आईशेडो लगाउँदा कलरको लाइन नबस्ने गरि ब्लैड गर्नुहोस् ।
३०. आँखाको ब्रो पातलो छ भने ब्राउन या कालो आईब्रो पेन्सीलले आकार मिलाउन सकिन्छ ।
३१. आजकल लिपिस्टिकको हलका रङ्को फेशन छ र हलका रङ्का लिपिस्टिकले राम्रो र सभ्य व्यक्तित्व झल्काउँछ ।
३२. लिपिस्टिक लामो समयसम्म राख्न लिपिस्टिक लगाईसकेपछि टिस्यू पेपेरले हल्का पुछेर पाउडर लगाउने र फेरि नयारूँ कोर थप्नु पर्छ ।
३३. मेकअप कल्का गरि आँखा वा ओठलाई हाइलाइट गर्दा धेरै राम्रो देखिन्छ ।
३४. अनुहारलाई राम्रो र प्राकृतिक देखाउन छालासँग मिल्ने रङ्का फाउन्डेशन मात्र प्रयोग गर्नुपर्छ ।
३५. लिपग्लस लगाउँदा ओठको बीचमा उट गरि लगाउनुहोस् नत्र ग्लस फैलिन्छ ।
३६. प्राकृतिक सौन्दर्यका लागि गाजल र लिपिस्टिक पर्याप्त हुन्छ ।
३७. लिपिस्टिकमा नयाँ कलर ल्याउन दुईवटा रङ्का लिपिस्टिकहरू मिक्स गरेर लगाउँदा नयाँ रङ् देखिन्छ ।
३८. मेकअप जहिले पनि आफ्नो उमेर र ड्रेससँग मिलाएर गर्दा बढि आकर्षित देखिन्छ । त्यसैले उमेरको ध्यान राखेर मात्रै मेकअप गर्नुहोस् ।

0 comments:

Post a Comment

 
Top