Menu


.



रोजिन शाक्य

भ्यालेन्टाइन-डेको रोमान्टिक वातावरणमा प्रेमीहरूबीचको सामीप्यतालाई अझ सुमधुर र रोमाञ्चकारी बनाउन व्यक्तिको आवरणीय सुन्दरता तथा आकर्षक एवं स्मार्ट फेसनले प्रभावकारी भूमिका खेल्छ । अतः यो रोमान्टिक वातावरणमा रोमान्सको मुडलाई उचाइमा पुर्‍याउन उपयुक्त शैली अागाल्नु सान्दर्भिक हुन्छ । भ्यालेन्टाइन-डेको डे्रसकोडमा प्रेमको गहिराइ र आपसी अनुरागलाई व्यक्त गर्ने रातो रंगले सदावहार उपस्थिति दिएको पाइन्छ । अतः रेड ड्रेसको चयन यो वातावरणको पहिलो रोजाइ हुनुपर्छ । पावर ड्रेसिङ अन्तर्गत रेड, ब्ल्याक र ह्वाइट कलरको कम्बिनेसनलाई प्रेम दिवसको वातावरणमा अझ रोमान्टिक बनाउन प्रयोग गर्नु राम्रो हुन्छ । पिन्क र ब्लु जस्ता प|mेस कलरका पहिरन लगाएर यो वातावरणमा यंग लुक पनि प्राप्त गर्न सकिन्छ । भ्यालेन्टाइन-डेलाई अझ रोमान्टिक बनाउन पोल्क डट्स, पि|mल तथा ंपि्रन्टयुक्त फेसन अागाल्नु उपयुक्त हुन्छ । हाइ कोलर एवं डिपनेकयुक्त सेक्सी ड्रेसको प्रयोग पनि राम्रो हुन्छ ।

फेसनविद्हरूका अनुसार फेसन स्टाइलको संसारमा रेट्रो लुकको पुनरआगमन भएकाले साठी, सत्तरी दशकताकाको फेसनशैली प्रेम दिवसको वातावरणमा उपयुक्त ड्रेस कोड बन्न सक्छ । जसअनुसार भ्यालेन्टाइन फेसन वातावरणमा सपmट ड्रेप्स, लङ कफ्तान, निलेन्थ ड्रेस, लुज पि|m पmलो ड्रेसहरू, एलाइन प्याटर्न, भोल्युम ड्रेस, प्यानल ड्रेस, पेन्सिल स्कर्ट, लङ स्कर्ट, मिनी ड्रेसहरू, स्किनी पाइन्ट, जम्प सुटहरू प्रयोग गर्नु उपयुक्त हुन्छ । यिनका साथै हाइराइज जिन्स, स्लिम फिट पाइन्ट, ह्यारेम ट्राउजर, प्लाजो पाइन्टको ट्रेन्ड पनि पछ्याउन सकिन्छ । पि|mल्सयुक्त पिन्क पि्रन्टेड क्रस टपसित बिडेड ब्रासलेट, रिङ र इयर रिङको जोडा, रेड पmलोरल ट्युब ड्रेससित पिन्क पmलोरल रिङ र पिन्क रोज ब्रासलेटको जोडा, ब्लु पि्रन्टेड लाइक्रा ड्रेससित सिल्भर र पर्ल नेकपिस र टरक्वाइज रिङको कम्बिनेसन, रेड साटन टपसित गि्रन ब्रासलेट, पिन्क वन सोल्डर ड्रेससित ब्ल्याक स्कार्फ र बिडेड नेकपिस, पिन्क सिफन पि्रन्टेड ड्रेससित ह्वाइट पर्ल नेकपिस, रेड एन्ड ब्ल्याक पि्रन्टेड ड्रेसित चंकी नेकपिस, पर्पल ड्रेससित मल्टी कलर्ड ब्याङ्गल, रेड एम्पायर ड्रेससित ब्राउन बेस्ट बेल्ट आदि यंग क्याजुयल र लुक-लुक कम्बिनेसन हुन सक्छन् ।

क्याजुयल मुड बाहेक भ्यालेन्टाइन डेको रोमान्टिक वातावरणमा साडीको सुन्दरता, आकर्षण र सेक्सीपनलाई पनि अागाल्न सकिन्छ । साडीलाई भ्यालेन्टाइन वातावरणको ड्रेसकोडका रूपमा प्रयोग गर्ने हो भने ब्राइट कलरको साडी छनौट गर्नु उपयुक्त हुने फेसनविद्हरूको राय छ । किनारामा सिमर भएका साडीसित सिक्वेन्स वर्कयुक्त ब्लाउजको कम्बिनेसनबाट व्यक्तित्वमा यंग लुक प्राप्त हुन्छ । प्लेन सिफन साडीसित पछाडि 'बो' भएको कन्ट्रास्ट सेडको ब्लाउज प्रयोग गरी आफ्नो व्यक्तित्वमा यंग र सेक्सी लुक सञ्चार गर्न सकिन्छ । टिपिकल र ट्रेडिसनल ड्रेपिङमा साडीको साटो रेडिमेड प्लिटस भएका, स्टिच्ड ट्र पिस वा पपिङ प्लिटसयुक्त साडीको प्रयोग बढी उपयोगी हुन्छ । ट्रेन्डी लुकका लागि स्वरोस्की वर्कयुक्त साडी पनि ट्राइ गर्न सकिन्छ ।

पुरुष फेसनशैलीमा कम्र्फट मुडको प्रभाव रहेकाले प्रेम दिवसको अवसरमा पनि यसलाई प्रयोमगा ल्याउनु राम्रो हुन्छ । सिम्पल कट्स र स्लिम फिट भएका सर्ट, ट्राउजर, कोट आदिको प्रयोग गर्नु राम्रो हुन्छ । हातले बनाइएका पmयाबि्रकमा इम्ब्रोइडरी, प्याचवर्क, कलर ब्लुकिङ, जियोमेटि्रक डिजाइन, टेक्सचरिङ प्रयोग भएका पहिरन लगाउनु सान्दर्भिक हुन्छ । ग्राफिटी टिसर्ट, फुल स्लिभ सर्ट, नन प्लिटेड पाइन्ट पार्टी सुज, ग्रन्ज जिन्स, कार्डीगन, जम्पर, हुडेड ज्याकेट, मिलेटरी स्टइल कोट, डिनर ज्याकेटका साथै पोलोनेक स्वीटर, स्टेट ज्याकेट, विभिन्न शैलीका लेदर ज्याकेटको उपयोगिता पनि उत्तिकै छ ।

रोमान्सको वातावरणमा डेटिङ र्फमल वा क्याजुयल हुन सक्छ । जसअनुसार फेसनशैलीको चयनमा पनि विविधता ल्याउनुपर्छ । र्फमल डेटलाइ अविस्मरणीय बनाउन अलि बोल्ड, स्मार्ट एवं सेक्सी पहिरन प्रयोग गर्नु राम्रो हुन्छ तर धेरै ग्ल्यामरस भने हुनु हुँदैन । र्फमल वातावरणमा मूलतः निलेन्थ, काल्फ लेन्थ वा एङ्कल लेन्थ वन पिस ड्रेस, इच्छा अनुसार चुडीदार कुर्ता-सलबार र साडी छनौट गर्न सकिन्छ । पुरुषशैलीतर्फ र्फमल डेटका लागि ब्ल्याक सुट, ब्रान्ट कलरको प्लेन सर्ट र साथमा स्कार्फको कम्बिनेसन सुहाउँदो हुन्छ । डार्क कलरको सर्ट र पाइन्टसित ब्राइट कलरको वेस्ट कोटको जाडोमा टाई वा स्कार्फ प्रयोग गर्न सकिन्छ । र्फमल वातावरणमा शालीन र सोबर लुक अागाल्नु उचित भएझैं क्याजुयल मुडलाई भने चञ्चललता, रोमाञ्चता र ग्ल्यामरको कम्बिनेसनलाई पछ्याउनु ठीक हुन्छ । सिमरी एवं ग्ल्यामरस लुक अागाल्न ट्याङक टप र सिगरेट पाइन्टको जोडा, मिनी स्कर्ट वा प्लिटेड सर्टसित लेगिङको कम्बिनेसन चयन गर्न सकिन्छ । एथनिक स्कर्टसित ट्रेडिसनल टप अागाल्न सकिन्छ भने पmयुजन लुकमा एथनिक स्कर्टसित हल्टर टप र जिन्ससित ट्रेडिसनल टप प्रयोग गर्न सकिन्छ । लाइट सेडको र्फमल ट्राउजर एवं सर्टका साथमा मल्टी कलर्ड स्टोल प्रयोग गरी टे्रन्डी देखिन सकिन्छ । ट्युनिकसित जिन्स वा लेगिङ पनि प्रयोग गर्न सकिन्छ । ह्यारेम पाइन्टसित कलरफुल टिसर्टको जोडा अागालेर स्टाइलिस देखिन सकिन्छ । क्याजुयल डेटमा पुरुषका लागि भने ब्ल्याक जिन्ससित मरुन वा व्ााइन कलरको टिसर्ट, डेनिमसित टर्टल टिज, कार्गो वा खाकीसित राउन्ड वा भिनेक टिसर्ट, बटन डाउन सर्ट, ग्राफिटी टिसर्ट आदि उपयुक्त हुन्छ ।

रोमान्सको वातावरणलाई अझ उचाइमा पुर्‍याउन यो अवसरको मेकअपमा ध्यान दिनु आवश्यक छ । त्यसैले प्रणय दिवसको वातावरणमा रोमान्सको आकाशमा उड्नुपूर्व मुहारको क्लिन्जिङ टोनिङ एवं मोइस्चराइजिङका साथै हात-खुट्टाको मेनिक्योर, पेडिकयोर, अन्डर आर्म वाक्सिङ आदिलाई बिर्सनु हुन्न । स्मोकी आइज, नेल र लिप कलरमा नियोन कलर सेड्सको प्रयोग, पपस्टार लुक, बार्बी, गर्ल लुक आदिलाई पछ्याएर भ्यालेन्टाइन डेको अवसरमा आफ्नो व्यक्तित्वलाई थप रोमान्टिक मुडमा ढाल्न सकिन्छ ।
साप्ताहिक

0 comments:

Post a Comment

 
Top