Menu


.


बलिउड चलचित्र 'ये साली जिन्दगी' मा एक प्रमुख पात्र शान्तिको भूमिका निर्वाह गरेकी अभिनेत्री अदिति राव हैदरीलाई अचेल दुवै हातमा लड्डु खसिरहेको छ। त्यस चलचित्रमा उनले सुरुदेखि अन्त्यसम्ममा गरी कुल २२ पटक चुम्बन दृश्य दिएकी थिइन् । सायद त्यही कारणले गर्दा उनलाई लगातार एकपछि अर्को चलचित्रको अफर आइरहेको छ।

महेश भट्टको भट्ट क्याम्पले उनलाई पछिल्लो सिक्वेल 'मर्डर ३' मा कास्ट गरेको छ भने चर्चित चलचित्र 'ब्लु' का निर्देशक एन्थनी डिसुजाले आफ्नो नयाँ फिल्म 'बोस' मा मुख्य भूमिका निर्वाह गर्नेगरी अनुबन्धित गरिसकेका छन्। यस अतिरिक्त, 'तनु वेड्स मनु' फिल्मका निर्माता आनन्द एल रायले उनलाई नयाँ चलचित्र 'रांझना' अफर गरिसकेका छन्, जुन फिल्ममा सोनम कपूरले पनि अभिनय गरिरहेकी छन्।

अदिति भन्छिन्, 'फिल्म 'मर्डर ३' मेरा लागि निकै च्यालेन्जिङ प्रोजेक्ट हो । 'मर्डर ३' र 'रांझना' फिल्महरूको काम पूरा गरिसके पछि मैले कुनै एक्शन फिल्म गर्ने भएकी छु, जसमा मेरो बिल्कुलै नयाँ छवि देखिने छ। एकै किसिमका फिल्म म पटक पटक गरिरहन सक्दिन। पछिल्ला चलचित्रहरूमध्ये 'दिल्ली ६' मा रमा फुपु, 'येसाली जिन्दगी' मा शान्ति र 'रकस्टार' मा चञ्चल शीना जस्ता पृथक भूमिका निर्वाह गरेर मैले स्वयंलाई 'टाइप कास्ट' बन्न दिएकी छैन। यो नै मेरो शक्ति हो। मैले निर्णय गरिसकेकी छु, आउँदा दिनहरूमा पनि म अलगअलग क्षेत्रका र पृथक् स्वाद बोकेका भूमिकाहरू मात्र गरिरहने छु ।' (एजेन्सी)

0 comments:

Post a Comment

 
Top