Menu


.

नायक जीवन लुईटेल र नायीका नीता दुंगानाको जोडीको नयाँ चलचित्र 'नोटबुक' को एउटा गीत आज सार्वजनिक गरिएको छ । 'बैंशले हो कि लाजैले हो यो कान्छिको गाला रातै....' बोलको गीत आज सार्वजनिक गरिएको हो ।

नेपालको निकै सुन्दर र रमणिय स्थान इलाममा छायाँकन गरिएको प्रस्तुत गीतमा नायक लुईटेलले नायीका नीतालाई तिम्रो गाला लाजले या बैशँले रातो भएको भनी प्रश्न गरेका छन् । चलचित्रमा राजेन्द्र थापाको शब्दमा बसन्त सापकोटाको संगीतले खार्दै प्रल्हाद तिमल्सिना र मिलन अमात्यले आफ्नो स्वर भरेका छन् ।

चलचित्रमा नायक लुईटेल र नायीका नीता सँगै नवनायक शेन सापकोटाको त्रिकोणात्मक प्रेमकथालाई देखाईएको छ ।
निर्देशक योगेश घिमिरेको निर्देशनमा बनेको उक्त चलचित्रको निर्माण प्रज्ञा फिल्मसको व्यानरले गरेको हो ।

0 comments:

Post a Comment

 
Top