Menu


.



माघ २२-  मिस यु चलचित्र निर्माण गरेका नायक दिलीप रायमाझी पुन अर्का चलचित्रको तयारीमा लागेका छन्। हाल लेखन कार्य भैरहेको उनको चलचित्रको निर्देशन तुलसि घिमीरेले गर्ने भएका छन्। लेखन कार्य अन्तीम अबस्थामा पुगेकोले अब छिट्टै कलाकार तथा  प्रबिधीक छनोट गरि सुटिङमा जाने तयारीमा यतिबेला दिलीप लागेका छन्।  दिलीपले भने - चलचित्र निर्माण गर्न लागेको कुरा केही समय गोप्य राख्न लागेकोले पनि अहिले चलचित्रको नाम बाहीर नल्याएको हो। 

कुराकानी को क्रम मा दिलिप ले थपे - 'आफैले निर्माण गर्ने चलचित्रमा आफै अभिनय गर्नै नगर्ने अहिले नै तय भने भै सकेको छैन। 'म त पैसा मात्रै लगानी गर्ने हुँ, अरु सबै जिम्मा निर्देशकको हातमा छ।'  दिलिप यस चलचित्रमा ६० लाख लगाउने सुरमा छन्। अभिनय गर्ने उमेर छदा छदा पनि अभिनयमा त्यति जम्न नसके पछि दिलीप पछिल्लो केह समय देखि अभिनय भन्दा पनि चलचित्र निर्माणमा देखिदै आएका छन् ।

0 comments:

Post a Comment

 
Top