Menu


.


 निर्देशक दिपेन्द्र के खनालले आफ्नो पछिल्लो चलचित्रको नाम नेपाली राजनितीमा चर्चीत शब्द 'भिजीलान्ते' राखेका छन्। मंगलबार अनामनगर स्थित मंडला थिएटरमा आयोजना गरिएको एक कार्यक्रममा कलाकार दयाहाङ राईले चलचित्रको पोस्टर तथा प्रोमो सार्वजनिक गरे।  आश्मा फिल्मस्को व्यानरमा तयार भएको चलचित्रमा राज घिमिरे, प्रीयंका कार्की, मेनुका प्रधान, शंकर आचार्य, दीपशिखा शाहीका साथमा नव कलाकार ए गुरुङको पनि अभिनय समेतीएको छ।

शान बस्नेतको कथा, पुरुषोत्तम प्रधानको छायांकन , सूर्य थोकरको द्धन्द्ध , भुपेन्द्र खड्काको गीत, सुरेश राइको संगीत चलचित्रमा समावेश छ । नेपालमानै पहिलो पटक थि्रडी प्रबिधीमा निर्माण गरिएको यस चलचित्रलाई क्यूएफएक्स र एफ.सी.यु.बी.ई. चलचित्र घरमा प्यासिब थ्रीडीमा पोलाराइज्ड ग्लास मार्फत अगेजी थि्रडी चलचित्रकै ढाँचामा हेर्न सकिने निर्माण पक्षको दाबी छ । 

समाजका कुरीति र दण्डहिनतालाई मनोबैज्ञानीक बिश्लेषण सहित चलचित्र निर्माण गरिएको निर्माण पक्षले जानकारी गराएको छ । थ्रीडि प्रविधिको लामो अध्ययन पछि मात्र हामीले चलचित्र निर्माण गरेका हौ निर्देशक दिपेन्द्र खनालले भने । कार्यक्रममा थ्रीडी कै माध्यमले चलचित्रको प्रोमो देखाईएको थियो । चलचित्र आगामी चैत ९ गते बाट प्रदर्शनमा ल्याउने तयारीमा निर्माण पक्ष लागेको छ ।

0 comments:

Post a Comment

 
Top