Menu


.





जतिवेला क्याटरिना कैफ फिल्म उद्योगमा पाइला चाल्दै थिए, त्यही वेला उनको नाममा एक एमएमएस खुव चर्चामा आयो । उक्त एमएमएसमा उनलाई सेमी न्युड देख्न सकिन्छ । तर, यो फेक एमएमएस थियो। अर्को मोडलको नग्न शरीरमा उनको टाउको जोडेर यो एमएमएस तयार गरिएको वताइन्छ। फिल्म ‘रबने वना दी जोडी’ सोझो युवतीको छवी वनाएकी अनुष्का शर्माको पनि बिकिनी तस्विर इन्टरनेटमा छायो । फिल्म रिजिजकै क्रममा यो फोटोले निकै सनसनी मच्याएको थियो । तर, पछि अनुष्काले यो फोटो आफुले नखिचाएको सफाइ दिइन् । क्याटरिना र अनुष्का मात्र होइन, वलिउडका अरुपनि अभिनेत्रीहरु यस्ता नक्कली फोटोको सिकार भएका छन् ।

करिनादेखि असिनसम्म यसवाट अछुतो छैनन् । हामीले इन्टरनेटमा सर्च गर्दा वलिउड अभिनेत्रीको थुप्रै बिकिनी फोटो फेला पार्न सक्छौ । तर, यि सवै फोटोहरु सक्कली होइन रहेछ । प्रविधिको गलत प्रयोग गरेर उनीहरुको नक्कली फोटोहरु फैलाइएको हो । फिल्म सिंघमकी नायिका काजल अग्रवालको तस्विर एफएचएम म्यागजिनको कभरमा प्रकासित भएको थियो । तस्विरमा उनी सेमी न्युड देखिन्छन् । तर काजलले पत्रिकाम छापिएजस्तो फोटो आफुले नखिचाएको दावी गरिन् । यस सम्वन्धमा उनले कम्पनीलाई मानहानीको मुद्दा हाल्ने धम्की दिएकी थिइन् ।

असिनले पनि कहिल्यै विकिनी फोटोशूट गराएकी छैनन् । तर, इन्टरनेटभरी उनको विकिनी फोटो छ्यापछ्याप्ती पाउन सकिन्छ । अहिलेका सर्वाधिक व्यास्त अभिनेत्री करिना कपुरका पनि यस्ता नक्कली फोटोहरु फेला पार्न गाह्रो छैन । आफुले नखिचाएका बिकिनी फोटोहरु इन्टरनेटभरी छाएको देखेर उनी स्वंम हैरान छिन् । यसैगरी दवंग गर्ल सोनाक्षी सिन्हा, असिनसम्मको फेक फोटो इन्टरनेटमा छाएको छ ।

0 comments:

Post a Comment

 
Top