Menu


.


एजेन्सी । एक किशोरीलाई यौन नोकर बनाएर उनलाई एक हप्तामा ९० पटक बलात्कार गरिएको खुलासा भएको छ । १६ वर्षीय किशोरीलाई महंगो गिफ्ट र डिनरको लोभ देखाएर यौन नोकर बनाएर कयौ महिनासम्म बलात्कार गरिएको थियो ।


कयौ महिनासम्म बलात्कार गर्ने क्रममा उनलाई एक हप्तामा ९० पटकसम्म पनि बलात्कार गरिएको एक रिपोर्टमा बताइएको छ । बेलायतको सेक्स स्लेवरीमा रहेको सेन्टर फर शोसल जस्टिसले गत मंगलबार गरेको रोपोर्टमा प्रकाशित गरिएको छ । उनीमाथी भएको उक्त बलात्कारका घटनाले उनी मानसिक रूपमा विचलित भएकी छिन् ।


रिपोर्टका अनुसार सन् २०११/०१२ का बीचमा ती किशोरीको बलात्कार गरिएको थियो । सेन्टरसँग कुरा गर्न राजी भएकी उनले आफूमाथी भएको घटनाबारे बताएको सेन्टरले जारी गरेको रिपोर्टमा जनाइएको छ । यता चिकित्सकहरूले यति धेरै बलात्कार भोगेकी उनी ट्रमा अवस्था रहेको र उनको दिमाग र शरिरमा यसको निकै ठूलो असर परेको बताएका छन् तर पनि उक्त किशोरीले हिम्मत देखाएर आफूमाथी भएको घटनाको जानकारी सेन्टरका अधिकारीहरुलाइ दिएकी थिइन् ।

0 comments:

Post a Comment

 
Top