Menu


.

२ चैत्र, दाङ । आफ्नै छोरी सहीत दुई बालिकालाई जबरजस्ती करणी गर्ने एक बृद्धलाई दाङको तुल्सीपुरमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यानको लक्ष्मीपुर गाविस ६ घर भई हाल तुलसीपुर ५ को रानीजरूवामा बस्दै आएका ५२ बर्षीय ढाल बहादुर घर्ती रहेको प्रहरीले बताएको छ । रानीजरूवार नजिकै रहेको ओली होटेलमा सुतिरहेका दुइ बालीकालाई गएराति घर्तिले जबरजस्ती करणी गरेको अस्थाई प्रहरीचौंकी बेलुवाले जनाएको छ ।

घर्तिले ११ बर्षीय छोरीलाई दुइ पटक र छोरीकी साथी १० बर्षीय बालीकालाई तिन पटक जबरजस्ती करणी गरेको बालीकाहरूले प्रहरी समक्ष बयान दिएका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरीनिरीक्षक गणेस बिक्रम शाहले जानकारी दिएका छन् ।

0 comments:

Post a Comment

 
Top