Menu


.


भनिन्छ विवाह सात जन्मको बन्धन हो । तर राजस्थानको एक व्यक्तिलाई आफ्नो श्रीमतीको यो बन्धन एकै जन्ममा नै भारी परेको छ । जसबाट मुक्त हुनका लागि उसले फिल्मी स्टाइलमा आफ्नो मृत्यु भएको नाटक गरेको थियो । कोटाको त्यस युवकले आफ्नो श्रीमतीलाई धोका दिएर मृत्यु भएको नाटक गरी दोस्रो विवाह गरेको छ । प्रहरीले यस घटनामा युवतीलाई आफ्नो हिरासतमा लिएको छ भने आरोपी महेन्द्र फरार रहेको छ ।

अजेता गाउमा निवासी महेन्द्र गएको शनिवार हराएको थियो । प्रहरीले जाच गर्ने क्रममा सो घटना सार्वजनिक भएको हो । महेन्द्रले आफ्नो झुटो मृत्युको सुचना फैलाएर एक युवतीसंग विवाह गरेको थियो । प्रहरीले ती युवतीलाई सोधपुछ गर्ने क्रममा महेन्द्रले उनलाई फोन गरेर बोलाएको र आफ्नो श्रीमतीबाट छुट्कार पाउन मृत्युको झुटो खबर फैलाउने बताएका थिए ।


0 comments:

Post a Comment

 
Top