Menu


.


८ चैत, एजेन्सी । क्यानडाका एक व्यक्तिले डाक्टरहरूले तीन वर्षअघि आफ्नो शरिरमा घुसेको चक्कु विचार नगरेर घाउँमा टाँका मारेर छाडिदिएको बताएका छन् । ३२ वर्षीय बिल्ली म्याकन्यासीले डाक्टरहरुले आफ्नो ढाडमा घुसेको तीन इन्च लामो चक्कु विचार नै नगरी घाऊँमा टाका लगाएर पठाएको बताएका छन् ।

उनले तीन वर्ष अघि रेस्लिङ खेलमा झडप हुँदा कसैले आफ्नो ढाडमा चक्कुले कोपेको र उक्त चक्कु भाँचिएर आफ्नो ढाडमा छिरेको बताएका छन् । उनले उक्त समयमा आफूलाई पाँच पटक सम्म चक्कु प्रहार गरिएको बताएका छन् । यसरी आफूलाई चक्कु प्रहार गरिएपछी आफू तत्काल नजिकैको स्वास्थ्य संस्थामा गएको जहाँ चिकित्सकहरूले आफ्नो घाउँमा टाँका लगाएर छोडिदिएको उनले बताए ।

उनले आफ्नो ढाडमा चक्कु रहेको कुरा केहि हप्ता अगाडि मात्र थाहा पाएका थिए । उनी बसिरहेका बेला ढाडमा हात पुर्याउँदा केहि चुच्चो वस्तु रहेको जस्तो लागेपछि उनी चिकित्सक काहाँ पुगेका थिए । उनले यस तीन वर्षमा अन्य सबै चार घाऊ दुख्न छाडेपनि चक्कु रहेको स्थानको घाउ भने दुख्न नछाडेपछी र हातल छाम्दा समेत केही चुच्चो भेटेपछी उनी स्वास्थ्य परामर्श लिन उनी चिकित्सककाँहा पुगे । त्यहाँ चिकित्सकले मेटल डिटेक्टरको प्रयोग गरेर हेरे । यसबाट उनीहरूले बिल्लीको शरिरमा केही ठोस वस्तु रहेको पत्ता लगाएका थिए । यसपछ चिकित्सकहरूले उनको शरिरमा रहेको चक्कु निकालीदिए ।








0 comments:

Post a Comment

 
Top