Menu


.

३० चैत, सर्लाही । सर्लाहीको हरिवन ईलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा एक जनाले पासो लगाई आत्महत्या गरेका छन् । डुम्रेखोला–३ का ४५ बर्षिय जीत बहादुर घिसिङले थुनेर राखिएको कोठाको झ्यालमा पासो लगाई आत्महत्या गरेका हुन् ।

गत बुधबार मादक पदार्थ सेवन गरेर आफ्नै भाञ्जिलाई जबैजस्ती गर्न खोजेको आरोपमा स्थानीयले पक्राउ गरी हिजो प्रहरी कार्यालयमा बुझाएका थिए । बिहान ३ बजे बिजुली हुँदासम्म सकुशल रहेका घिसिङले लोडसेडिङ भएपछि आत्महत्या गरेको प्रहरी कार्यलयले जनाएको छ ।

ओछ्याउन दिएको तन्ना च्यातेर गलामा पासो लगाएर उनले आत्महत्या गरेका हुन् । घिसिङले आफूलाई राखेको कोठाको ७ फिट अग्लो झ्यालमा झुण्डिएर आत्महत्या गरेका थिए ।

0 comments:

Post a Comment

 
Top